
दंगीशरण, २८ जेठ ।
दंगीशरण गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हेकुली दाङले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । एक आर्थिक वर्षभरी वडाले प्रदान गरेको सेवा प्रवाह तथा सेवा प्रभावकारीताका बिषयमा सेवा प्रदायक र सेवाग्राहीविचको सम्बन्ध सुदृढ र सेवा गुणस्तरका लागि सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरिएको दंगीशरण गाउँपालिकाका सुचना अधिकारी टेक बहादुर खत्रीले बताए ।गाउँपालिकाको आयोजनामा २७ गतेदेखी वडा नं. १ बाट शुरुभएको सार्वजनिक सुनुवाइ कार्यक्रम असार ५ गते वडा नं. ७ मा पुगी वडा स्तरिय सम्पन्न भएसङ्गै असार ६ गते पालिकास्तरीय सार्वजनिक सुनुवाइ हुने सुचना अधिकारी खत्रीले जानकारी दिए ।
सार्वजनिक सुनुवाइमा सेवाग्राहीले उठाएका जिज्ञासा,सल्लाह,सुझावलाई आत्मसात गर्दै सार्वजनिक सुनुवाइ कार्यक्रमका अध्यक्ष वडा नं. १ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता रमेश भण्डारीले सेवाग्राहीले दिएका सकारात्मक सल्लाह सुझाव बमोजिम आफू अगाडि बढ्ने प्रतिबद्धता ब्यक्तगरे । आफुले वडाबाट दिने सेवाप्रवाहलाई छिटो छरीतो चुस्त दुस्त,र गुणस्तरीय बनाउन सदैब लागि परेको बताय । भौतिक पुर्वाधारको बिकासले पछाडी रहेको वडालाई आफू निर्वाचित भइ आए पश्चात भौतिक पुर्वाधारको विकासतर्फ तिब्र गतिले अगाडि बढाएको बताए ।यस्तै सेवाग्राहीको जिज्ञासा सम्बोधन गर्दै अध्यक्ष भण्डारीले अब आफू शिक्षा स्वास्थ र कृषिलाई पहिलो प्राथमिकतामा राखि अगाडि बढ्ने बताए ।
सोमबार वडा नं. १ को वडा कार्यालय रामपुरमा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रमका अवसरमा वडा नं. १ का वडा सचीव मन बहादुर खड्काले वडा नं. १ ले एक आर्थिक वबर्षमा गरेका योजना तथा सेवा प्रबाहका वारेमा जानकारी गराउदै वडा कार्यालयबाट आर्थिक वर्ष २०८१र८२ मा विनियोजित बजेटको ९० प्रतिशत कामहरु सम्पन्न भइसकेको र बाँकी १० प्रतिशत कामको पनि भुक्तानीको अन्तिम चरणमा रहेको बताए ।



यस आर्थिक वर्षमा वडाको आन्तरिक राजस्व ३ लाख ६३ हजार ८ सय ७९ संकलन भएको बताउदै सचिव खड्काले योजना तर्जुमा गर्न टोल बस्तीमा पुगेको र जनताको माग र आवश्यकता बमोजिम योजना छनोट गरि योजनाको गुणस्तरमा वृद्धि गर्न उपभोक्ता समितीमार्फत योजनाहरु सम्पन्न हुने गरेको बताए ।
सार्वजनिक सुनुवाइमा मोबाइल एप्लिकेसन मार्फत गरिएको बहिरगमन अभिमत,नागरीक प्रतिबेदन पत्र र नागरीक अभिमत गरि ३ प्रकारले वडाका विभिन्न सेवाग्राहीहरुसङ्ग गरिएको सर्बेक्षण प्रतिबेदन समेत प्रस्तुत गरीएको थियो । सो अवसरमा सरोकारवाला सबैको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण बिनोद शर्माले गरेका थिए ।
लाइभदाङ । २९ जेष्ठ २०८२, बुधबार १३:१३ बजे