प्रेस चौतारी दाङको इन्चार्जमा केसी, प्रदेश सहइन्चार्जमा आचार्य

तुलसीपुर, २२ जेठ । प्रेस चौतारी दाङको इन्चार्जमा दुर्गालाल केसीलाई मनोनित गरिएको छ ।

चौतारीको केन्द्रीय कमिटि बैठकले केसीलाई जिल्ला इन्चार्जमा मनोनित गरेको हो । केसीले रोल्पाको इन्चार्जको पनि जिम्मेवारी दिईएको छ । त्यस्तै लुम्बिनी प्रदेश सहइन्चार्जमा दाङकै गणेश आचार्यलाई मनोनित गरेको छ ।


उनी यस अघि दाङ जिल्ला इन्चार्ज थिए । चौतारीले केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरेको हो । प्रेस चौतारी एमालेको बिचारप्रति आस्थावान संगठन हो ।