लुम्बिनीमा निर्वाचनको तयारी पूरा भयो : संयोजक चौधरी

तुलसीपुर,३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको लुम्बिनी प्रदेशका निर्वाचन समिति संयोजक रामशरण चौधरीले पार्टीको निर्वाचनको तयारी पूरा भएको बताएका छन् ।

प्रेस सेन्टर तुलसीपुरको आयोजनामा शुक्रबार तुलसीपुरमा भएको पत्रकार सम्मेलनमा उनले भोलि(शनिबार)देखि हुन भेला तथा निर्वाचनको तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार लुम्बिनी प्रदेशका सबै वडामा निर्वाचनकालागि सम्पर्क कार्यालय पनि स्थापना भइसकेका छन् ।


साथै उनले पार्टी पहिलो पटक निर्वाचन प्रणालीमा गएको बताए । मुलुक संघीयतामा गएसंगै सोही अनुसार कमिटिलाई सक्रिय बनाउनुकासाथै निर्वाचन प्रणालीलाई पनि सुधार गरेको बताए । उनले नयाँ विधान अनुसार निर्वाचन हुन लागेको भन्दै त्यसलाई सबै पार्टी कमिटिलाई जानकारी गराई सकेको समेत बताए । अब टोलदेखि माथिसम्म निर्वाचन मार्फत नै नयाँ नेतृत्व आउने उनको भनाई थियो ।

संगठनका अध्यक्ष राकेश बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको उपाध्यक्ष दीपक बोहराले स्वागत मन्तब्य ब्यक्त गरेका थिए, भने सहजीकरण सहसचिब सुमन केसीले गरेका थिए ।