“बालो अदानचुली”

अनुराग विकास बुढा क्षेत्री
हाम्रो तिर बोलिने शुद्ध खस भाषामा बालो अदानचुलि अर्थात शुद्ध नेपाली भाषामा जवान अदानचुलि भन्ने बुझिन्छ । मेरो प्यारो अदानचुलीमा पाहुनाहरूको सम्मान सत्कारमा कमी छैन । यही बालो अदानचुलिको तारिफ सङ्गै यसको भोलिको दिनमा आइपर्ने चासो र चिन्ताको बिषयमा केहि केरमेट गर्न मन लागेको छ ।

मलाई पहिलो दृष्टिमै अदानचुली अनौठो लाग्यो । अदानचुलीकोे आँगनमा बसेर चौतर्फी दृष्टि डुलाउँदा अनेकौँ कुरा देखिन थाले । इतिहासमा सुन्दर हुम्ला त्यसमा पनि भौगोलिक बनावटको कारण ठगिएको मेरो प्यारो अदानचुली इतिहासको पानामा बालो अदानचुलीले आफ्नो स्वाधीनतालाई झन झल्काएको छ ।

प्राकृतिक धार्मिक सम्बन्ध सँग जोडिएको हामी मानव अस्तित्वको बारेमा आज मेरो अदानचुलीको लोभ हुँदै जाने सम्भावना छ । प्राकृतिक सांस्कृतिक तथा धार्मिक कलाका हिसाबले भरिपूर्ण छ । अदानचुली देवस्थल माथि सलिसल्ला देखि तल दोभान हुँदै कवाडीसम्म देशकै लामो नदि पाउमा पाउजु जस्तै सजाएर आफ्नै मूल्य मान्यता बोकेको छ ।

ति लोभ लाग्दो आँखाको नजरमा हेरिरहु लाग्ने डाँफे मुनाल र चैत वैशाखको उराठ लाग्दो ति दिनमा कुहुँ–कुहुँ कोइलीले त झनै मनलाई रूउ–रूउ जस्तो वातावरण बनाएको हुन्छ अझै डाँडा–काँडाको ति सतम्य हिमालको वर्णन गर्न त कहाँ सकिन्छ र? ति प्रकृतिसँग सुसेली रहेका बोटबिरूवा ति मखमली फूलहरूले प्रकृतिलाई मगमगाउँदो सुवास दिने ति ढकमक फुलिरहेका लालीगुराँस डोईली फुल सिमपाती फुल हजारी फुल यस्तै अनगिन्ती फूलहरूले प्रकृतिलाई बास्नै बास्नाले सुनमा सुगन्ध जस्तै बनाएको छ ।

उच्च हिमाली भेगमा बाह्रै महिना सेतो हिउँको च्यादर ओडेर मोतिका दाना जस्तै फैलिएका हिमालका शिरहरू छन् । सञ्जीवनी बुटी जस्ता विभिन्न जडिबुटीको खानी समालेर हाम्रो जीवन राख्ने जङ्गल थियो। यसको आफ्नै पहिचान छ । मध्यभागमा हाम्रा गाई वस्तुको चरन हुने ठूला–ठूला पाखा पखेरा भिरालो बारीका फाटहरू सँगै सबै भरिपू्र्ण प्राकृतिक स्रोतले अदानचुलीलाई बेग्लै कुराले चिनाउँछ ।

“कहिलेकाहीँ लाग्छ, अहो आज मैले यो सबै के लेखीरहेको छु? इन्द्रको स्वर्ग भन्ने पनि यस्तै हुन्छ रे, इन्द्रको स्वर्ग भनेर बयान गर्ने मान्छेले सायद मेरो अदानचुलि देखेको थियो होला त्यही कारणले मैले बालो अदानचुलीलाई सम्झेको।” धार्मिक तथा सांस्कृतिक हिसाबले हामी विभिन्न देवीदेउताको पूजापाठ गर्छौ। आफ्ना दुःख पीडाका पोकाहरू खोलेर ‘दे नारायण गोसाईंय तोइ छै, हाम्बो अगिल्लो पछिल्लो।’ ‘पिड्ना पिठिउँ पछाडि तोई भन्दै हुर्केका हौं।

सास्कृतिक हिसाबले हेर्दा देवपुरी हुम्लो ब्रम्ह्रपुरी जुम्लो’ भन्ने पौराणीक कथनलाई हरेक पूर्णीमा र पर्वहरूमा प्रमाणीत गर्दै आएको हुनाले बाहै्र महिना विभिन्न बैशाख बिर्सति जेठ दसरा साउन साउन पुर्णिमा असोज दशै तिहार भाइटिका यस्तै पुस मंसिर भुओ भैलो माघको मागि चैतेदसै जस्ता सालभरिका चाड् पर्वहरूले हामीलाई बडेमानको पहिचान झल्कीएकोे छ ।


पहिरन र बहारले प्रत्येक महिना आआफ्नो पालो कुररे पर्खी बसेका कुरा आमरूपमा देखाउन सक्छन् भन्ने मान्यतालाई समेत स्थापित गरेको देखिन्छ । चाडपर्वहरूले हामीलाई सुख अनि खुशी दिन्छन्, भने प्राकृतिक सम्पतिले हामीलाई जीवन दिन्छन । म सानो हँदा गाउँका बाजेहरूले गहभरि रोधन रोक्दै भन्नु हुन्थ्यो। आज तिमि हामि बसेको जो गाउँ घर छनि नाति हो त्यो घरमा भएका घरका काठहरू हामिले हाम्रै आगन खेत बारी यतै वरिपरिबाट निकालेर बनाएका हौं । आज त्यही जङ्गल फडानी भएर मरूभुमी जस्तै हुन पुग्यो योे भन्दा घत लाग्दो कुरा के नै छ र ।

बिहानीको पखमा चरा चुरूङ्गिहरूको चिरबिर आवाजले हाम्रो अविश्मरणीय दिनको सुरूवात भएको महसुस हुन्थ्यो । आजभोलि उहिलेका कुराले हाम्रा मन पनी कथामाा हराउँदै लोभ हुँदै गए । उत्पादनको कुरा गर्ने हो भने मुख्य अन्नबालीहरूमा कोदोफापर, धान, चिनूँ, गँहु, काउनी सिमी, आदी र फलफूलहरूमा स्याउ, आरू, चुली, ओखर र तरकारीहरूमा आलु, बन्दागोबी काउली, फर्सी हरियो सागपात गाँजर मुला, आदी उत्पादन हुन्छ ।

आज खानेपानीको लागि दुई/तिन घण्टाको बाटो जानु पर्छ । पशु चैपायाहरूलाई राम्रो चरन छैन । खेतबारीमा राम्रो अन्न बालि–नालि फल्दैन । लेखको फापर खानी बेसिको धानको खाडल अर्गानिक बालि लोभ हुँदै गए । आज हामिले बिसादि मिसाएको दसौ वर्ष गोदाममा कुहियर राखेको चामल किनेर खाने दिनसम्म आए । आज यस्तो लाग्छ हामिले फेर्ने सास अक्सिजनको पनि कमि भएको महसुस हुन्छ ।

आगन मै बग्ने खोला नालाहरू सुकेर गए खेतीयोग्य जमिन मरूभुमि जस्तै सुख्खा हुँदै गए । पुर्खेउली पुर्खा बसेको जन्मस्थान छोडेर शहर जानेहरूको संख्या बढन थाल्यो । सहरको त्यो कालो मझम देखेर इन्द्रको स्वर्ग जस्तो आफ्नो जन्मभुमि गाउ बिर्सिन लागे गाउँको पाटि पौवा मठमन्दिरका हरेक दिनको एक चोटि खोलिने ढोकाहरू आजभोलि सालको एकबार खोलिन्छन्। सबै संरचनाहरूका ढोका बन्द हुन लागे सबै लोभ हुँदै गए ।

समय को बगि रहदो चोला सँगै हामी यति धेरै निर्दयी भयौं कि आफ्नो स्वार्थको लागि अरूको अस्तित्व नै बिलिन हुने अपस्थामा पु¥याउन लाग्यौ । आज हामिले देखेको भोलि नरहला, पानीका मुहानहरू सुकेर गए खेतियोग्य जमिनका फाँटहरू बाझिदै गएका छन् । घर आगन अगाडी रहेको हाम्रो जङ्गल फडानी भएर ध्वस्त हुँदा आज एक दिन हिँडेर भेटने ठाउँसम्म पुगिसकेको छ । हाम्रो अदानचुली सुक्का उराठ लाग्दो बन्दै गएको छ ।

यस्तो लाग्छ आजको हालत हेर्ने हो भने भोलिको हाम्रा नयाँ पुस्ता यो अदानचुली देख्ने छैनन् । हाम्रो सानो लापरबाहीले भोलिका दिनहरूमा सरकारले हाम्रो पुर्खौलि स्थानलाई मरूभुमि करण गरेर बस्ति स्थापित गरेर यसलाई मरूभुमिकरण गरेर अन्त बस्ति बसाल्ने दिन नआउला भन्न सकिन्न । हाम्रो कर्मभुमि जहाँ भएपनि आफ्नो जन्मभुमिको लागी केही राम्रा पक्षहरू आ–आफ्नो तर्फबाट पहलकदमीका कार्य गरी राजनीति किचलोमा रूमलिएर फोहोरी भएको अदानचुलीलाई सकरात्मक सोचले हातेमालो गरी अदानचुलीमा रहेका गहना र मौलीकतालाई जर्गेनाको लागी सबैमा चिन्तनको विकास होस् ।

राजनीति गर्ने ब्यक्तिले पनि आफ्नो स्वार्थकै कल्पना नगरी आफ्नो ठाँउको सुभलोका लागी युवा शक्ति बुद्धिजीवी राजनितीज्ञ निजामती कर्मचारी सम्बन्धित सरकारको गहिरो ध्यानाकर्षण होस् । अपुग भएका कुरालाई पुगाईदिएकोमा अंगराज परियारलाई साधुवाद। साभारः अग्रिम साप्ताहिक