
तुलसीपुर, १९ जेठ । दाङको तुलसीपुर १२ स्थित टरिगाउँ बिमानस्थलमा अहिले हप्तामा पाँच दिन उडान भर्ने गरेको छ । नेपाल बायु सेवा निगमका तुलसीपुर शाखा प्रमुख बलबहादुर सुनारकाक अनुसार बुधबार र शनिबार बाहेक हप्ताका अन्य पाँच दिनमा उडान भइरहेको हो ।
नेपाल एयरलाइन्सले हप्ताको पाँच दिन उडान गरिररहेको छ । हाल हवाई भाडा ८ हजार ९ सय ७५ रहेको छ । काठमाडौंबाट दाङ १० बजेदेखि १२ बजेकोबीचमा आईपुग्छ ।“फस्ट फ्लाईट पूर्व हुने गर्छ, पूर्वतिर मौसम राम्रै भए, यहाँ १० बजे पनि आईपुग्छ”,उनले भने “मौसम अलि गडबड भए ११, १२ बजेसम्म आउछ ।” काठमाडौंबाट दोस्रो फ्लाईट दाङ आउने गर्छ ।
टरिगाउँमा नियमित हवाई सेवा नहुँदा यात्रुहरु नेपालगञ्ज वा भैरहवा जानु पर्ने अबस्था थियो । विमानस्थलको धावनमार्ग पनि सानो हुँदा ठूला जहाज बस्न सकेको छैनन् । अहिले १९ सिटे जहाज मात्रै बस्ने गरेका छन् । हाल विमानस्थलको धावनमार्ग ७५० मिटर रहेको छ । उक्त धावनमार्ग विस्तार गर्नुपर्ने आवाज पटक–पटक उठ्ने गरेको छ । उक्त विमानस्थल २०११ सालमा स्थापना भएको हो ।



लाइभदाङ । २० जेष्ठ २०८२, सोमबार ०९:३९ बजे