खेतमा पानी लगाउने क्रममा कुलोमा डुबेर एककाे मृत्यु

तुलसीपुर १३ साउन ।
कुलोमा डुबेर तुलसीपुर २ पोटलीका २६ वर्षीया नरेश चौधरीको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखत बहादुर शाहीका अनुसार उनी पहिलेदेखिकै विरामी थिए । विरामीकै कारण उनी कुलाेमा ढलेरपछि उठ्न नसकेपछि मृत्यु भएकाे हाे ।


उनकाे शुक्रबार बिहान ९ बजेको समयमा कुलोमा डुबेर मृत्यु भएको हाे । चौधरीको शव परीक्षणकालागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याईएको छ ।