
तुलसीपुर, १७ जेठ । नेपाली काँग्रेस शान्तीनगर गाउँपालिका सभापति झलक केसीको पहल तथा सामाजिक अभियान्ताहरुको सहयोगमा शान्तीनगर गाउँपालिका ४ निवासी पूर्ण बहादुर ठारा मगरको घरमा जस्तापाता (टिन) को छानो फेरिएको छ ।
अति विपन्न पूर्ण बहादुरको खपटाको छाना रहेको घर जिर्ण वन्दै गएको र वर्षा यामको झरीले क्षति गर्ने भएकाले सबैको सहयोगमा आर्थिक संकलन सहित श्रमदान गरेर उक्त काम सम्पन्न गरेको समाजसेवी हेमन्त डाँगीले जानकारी दिनुभएको छ ।
उक्त अभियानमा नेपाली काँग्रेसका वरिष्ठ नेता मदन कुमार शर्मा, कुल बहादुर खड्का, वडा नं. ४ का काँग्रेस सभापति चेत बहादुर डाँगी, सचिव हेमन्त डाँगी, कुल बहादुर क्षेत्री, लुम्विनी प्रदेश प्रतिनिधि ठग प्रसाद पुन, शिक्षक महासँघ शान्तीनगरका अध्यक्ष लाल बहादुर वलीको सहभागीता रहेको थियो ।
यस्तै बुद्ध मा.वि शान्तीनगरका शिक्षक मोहन बहादुर रजाली, किसान महासंघ शान्तीनगरका अध्यक्ष रुद्र बहादुर केसी, वडा नं. १ का काँग्रेस नेता दुर्गा घर्ति, कृष्ण बहादुर डाँगी, नेपाल तरुणदल शान्तीनगरका अध्यक्ष डम्मर खत्रीको सहभागीता रहेको डाँगीले बताउनुभयो ।
पूर्ण बहादुरको परिवारमा दयनिय अवस्था देखेपछि सबैको सहयोगमा श्रमदानसहित करिव ५५ हजारको लागतमा उक्त जस्तापाताको छानो फेर्ने काम सम्पन्न भएको हो ।
वर्षौ पुरानो खपटाको छानो जिर्ण अवस्थामा पुगेको र न्युन आर्थिक अवस्थाका कारण परिवारले छानो फेर्न नसकीरहेको अवस्था अभियान टोलीले घरमा जस्ताको छानो लगाईदिएपछि पूर्ण बहादुरको परिवारमा खुशी छाएको छ ।
वर्षा याममा घरको छानोबाट पानी चुहिने समस्या हटेको र अव ढुक्कले वस्न पाईने भन्दै उक्त परिवार खुशी भएको छ ।



लाइभदाङ । १८ जेष्ठ २०८२, शनिबार ११:२१ बजे