
तुलसीपुर,१४ जेठ । पहिरोको कारण अवरुद्ध राप्ती लोकमार्ग करिव चार घण्टापछि खुलेको छ । पहिरो हटाएपछी राप्ती लोकमार्गको दाङ–सल्यान खण्ड झन्डै चार घण्टा पछि खुलेको हो ।
कपुरकोट गाउँपालिका–३ स्थित चोरखोलामा बुधबार बिहान करिब ४ः४० बजे सडक माथिबाट ठूलो पहिरो खसेपछि सडक पूर्णरूपमा बन्द भएको थियो ।
लगातारको प्रयासपछि बिहान ८ः५० देखि सडक पुर्ण रुपमा सुचारु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले बताउनुभयो ।



लाइभदाङ । १५ जेष्ठ २०८२, बुधबार १२:५२ बजे