देवराज कडेल
तुलसीपुर
११ मंसिर / तुलसीपुर स्थित पाल्पाली पोलिक्लिनिकमा बरिष्ठ हाडजोर्नी, नशा तथा बाथरोग बिशेषज्ञ सेवा सुरु भएको छ । शुक्रबारदेखि सेवा सुरु भएको सञ्चालक सुरज ज्ञवालीले जानकारी दिए ।
सेवा सुरु भएसंगै बिशेषज्ञ सेवा लिनकालागि बाहिर जानुपर्ने अबस्थाको अन्त्य हुने उनले बताए । हाडजोर्नी , नसा रोगसंगै , मधुमेह, फिजिसियन, ल्याबलगायत सबै सेवामा विशिषज्ञ डाक्टरहरु प्रदान गर्ने गरिएको समेत उनको भनाई छ ।
साथै हस्पिपटलमा मानसिक रोग बिशेषज्ञ डा. सन्जिब शाह आउन लागेका छन् । तुलसीपुरको ‘ग’ लाइनमा रहेको पाल्पालि पोलीक्लिनीकमा मङ्सिर १९ गते उनी आउन लागेका हुन् ।
भैरहवा मेडिकल कलेजमा कार्यरत रहेका डा. शाहसहित किस्ट मेडिकल कलेज काठमाडौ कार्यरत मधुमेह रोग बिसिसज्ञ डा. सुमन सिमखडा आउन लागेका हुन् । पोलिक्लिनिकमा प्राय हरेक सोमबार बिशेषज्ञ डाक्टरहरु आउने गरेका छन् ।
लाइभदाङ । ११ मंसिर २०७८, शनिबार ०९:१५ बजे