
तुलसीपुर, १३ जेठ । दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका नव नियुक्त अस्पताल बिकास समितिका अध्यक्ष महेन्द्र लामिछानेले बुधबार पदबहार ग्रहण गरेका छन् ।
११ जेठमा अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त भएका लामिछानेले मंगलबार पदभार ग्रहण गरेका हुन् । त्यस अवसरमा उनले अस्पतालको सेवालाई सुधार गरेर लैजाने बताएका थिए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले अस्पतालको अतिक्रमित जग्गा फिर्ता ल्याउन पहल थाल्नु पर्ने बताए । अहिले विगतजस्तो डाक्टरहरु बस्न नमान्ने अबस्था पनि नरहेको समेत बताए । निजि अस्पतालहरु खुलेपछि डाक्टरहरु बस्न मान्ने गरेको उनको भनाई छ ।
निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.पदमराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष विनिल केसीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।



लाइभदाङ । १४ जेष्ठ २०८२, मंगलवार २२:४७ बजे