रानी केकको ‘रानी स्कुल’ सञ्चालनमा

तुलसीपुर,१२ जेठ । दाङको तुलसीपुर स्थित रानी केकले रानी स्कुल सञ्चालन गरेको छ । सोमबार स्कुलको उद्घाटन गरेको हो । जिल्लामै पहिलो पटक बेकरी सम्बन्धि सीप सिकाउनकालागि रानी स्कुल सञ्चालन गरिएको हो ।

स्कुलको तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिनिल केसीले उद्घाटन गरेका हुन । तुलसीपुरको ‘ख’ लाइनमा स्थापना गरिएको स्कूलको उद्घाटन गरिएको हो । रानी केकले पाँचौं ब्यबसायका रुपमा रानी स्कील स्कुललाई लिएको छ । यस अघि बिभिन्न चारवटा ब्यबसाय सञ्चालन गरको सञ्चालक दीपक काफ्लेले बताए ।

रानी स्कुलले ४५ दिने र ९० दिने बेकरी सम्बन्धि उत्पादन गर्न सिकाउने, एडभान्स केक तालिम तथा कफि सम्बन्धि २६ दिने तालिम सञ्चालन गर्ने भएको छ ।


उक्त तालिम सञ्चालनकालागि १० बर्ष भन्दा लामो समय बेकरी र परिशिक्षण केन्द्रमा अनुभव बटुलेका ४ जना दक्ष चिफ राखिएको छ । स्वदेशमा केही गर्न चहाने तथा तालिम सिकेर विदेशमा जान चहानेहरुकालागि काम लाग्ने सञ्चालक काफ्लेले बताए ।

करिब ३० लाख लगानी भएको उक्त स्कुलले सञ्चालनको सुरुवातको अफरका रुपमा विपन्न, असहाय, एकल महिला,पिछडिएको बर्गमध्येबाट १० जनालाई निःशुल्क रुपमा ४५ दिने बेकरी तालिम प्रदान गरिनेछ ।