धागोले बुनेका सामग्री विदेश निर्यात हुन्छ, स्वदेशमा चासो छैन

दीपक बोहरा
दाङ, २४ मंसिर ।
विहान छोराछोरीलाई खाना खुवाउछन्, अनि विद्यालय पु¥याउछन्, त्यसपछि खाली भएको समय सदुपयोग गर्दै महिलाहरु धागोबाट सामग्री बुन्छन् । उनीहरुले बुनेका सामग्री नेपालमा मात्र होईन्, विदेशमा पनि माग हुन्छ । दाङ घोराहीका केही महिलाहरु अहिले धागोका सामग्री बुनेर आम्दानी रहेका छन् । सोप्न होजेरी उद्योगबाट तालिम लिएर, त्यही आम्दानी गर्दै आएका छन् । उनीहरुले अहिले धागोका सामग्रीहरु बनाउछन् । सामूहिक रुपमा १५ जना महिलाहरुले सोप्न होजेरी उद्योगमा सामग्री बनाएर विदेशसम्म निर्यात गर्ने गरेका छन् ।

उनीहरुले बनाएका सामग्रीहरु अमेरिका, अष्ट्रेलिया, क्यानडा,भारतलगायतमा जाने गरेको छ । उद्योग सञ्चालक रचना सुवेदीका अनुसार अष्ट्रेलियामा ‘डल’को माग बढि छ, भने भारतमा धागोबाट बनेका गणेश र लक्ष्मी जाने गरेको छ, क्यानडामा स्वीटर, मोजा र बालबालिकाका सामग्री बढि माग हुने गरेको छ । अमेरिकामा भने उत्पादित सबै सामग्रीको माग हुने गरेको सञ्चालक सुवेदी बताउछिन् । उनका अनुसार ठूलो डल, स्टेबरी, विरालो, हेडवेन, गरेटा, कृष्ण, माछा, लभ, भौरी, कुकुर, फर्सी, सानो डल, सूर्यमुखी, कछुवा, भीफी, भौरी, पाका, स्वीटर, जलपरी, वेवीसेट, लेमन्टीबन्ड, फराक, टि–सेट, फरसेट, खरायोलगायतका सामग्री बनाउने गरिएको छ । ति मध्ये डलको माग बढि रहेको छ ।

धागोले बनाएका सामग्रीको माग धेरै भएपनि निर्माणकालागि भने समय धेरै लाग्ने गर्छ । मासिक १० देखि १५ हजार आम्दानी हुने गरेको छ ।“एउटै सामान बनाउने २/३ दिन लाग्छ”,सञ्चालक सुवेदीले भनिन्“दुःख धेरै भएपनि आम्दानी खासै छैन, तर, यो कामले सन्तुष्टि दिन्छ ।” धागोबाट बनेका सामग्रीहरु टिकाउ पनि हुने भएकाले धेरै माग हुने गरेको उनले बताईन् ।

विदेशमा यसरी माग भएपनि स्वदेशमा भने यसको माग खासै नभएको बताईन् ।“विदेशबाट आएक महंगा सामग्री मायाको चिनोका रुपमा दिने गरिन्छ”,उनले भनिन्“तर, स्वदेशमा बनेका यस्ता सामग्रीलाई मायाका चिनोका रुपमा दिनुस्, भन्दा कसैले पनि चासो देखाउने गर्नुभएको छैन ।”


२०६३ सालमा घोराहीमा उक्त होजेरी उद्योग सञ्चालनमा आएको हो । त्यसपछि उक्त उद्योगले यसरी होजेरी सम्बन्धि तालिम दिदै आएको छ । सोही तालिमबाट धेरैले रोजगारी प्राप्त गर्न सफल भएका छन् । तालिम पछि घोराही उपमहानगरपालिका वडा नं.१३ की मिना जीसीले छोराछोरीलाई खाजा नास्ता यही कामले पु¥याउने गरेकी छन् । त्यस्तै सोही ठाउँकी चम्फा चौधरी आफै अहिले सोही उद्योगबाट ठाउँ–ठाउँमा प्रशिक्षण भएर जाने गरेकी छिन् ।“पहिले चटपटे बेचेँ, अरु–अरु काम पनि खोजेँ”,उनले भनिन् “तर, अहिले होजेरी सम्बन्धि तालिम लिएपछि आफै खुट्टामा उभिन सफल भएकी छु, ठाउँ–ठाउँमा प्रशिक्षक भएर पनि जाने गरेकी छु ।”

त्यस्तै घोराही १४ कै अनिता डाँगीले यही उद्योगमा काम गरेर मासिक १० हजारसम्म आम्दानी गर्ने गरेकी छन् । दुःख पाएका, एकल महिला, भौतारिएर हिडिरहेकाहरुलाई यो कामले धेरै सहयोग पु¥याउने गरेको सञ्चालक सुवेदीले बताईन् ।

उक्त उद्योगले रुकुम, रोल्पा,सल्यान, प्यूठान, गुल्मीलगायत विभिन्न जिल्लाका दशहजार बढिलाई होजेरी सम्बन्धि तालिम दिएको छ । साभारः अग्रिम साप्ताहिक