
तुलसीपुर, ९ जेठ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ हरीपौरी निवासी जानकी चौधरी अपाङ्ग हुन् । उनले घरमा अरु काम गर्न नसकेपनि बाख्रा पालन गर्न सक्ने होप भएकै कारण तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ ले बोयर बाख्रा उपलब्ध गरायो । त्यो बाख्रा पाउँदा उनी खुसी छन् ।
त्यस्तै वडा स्तरीय अपाङ्ग संस्था संघका अध्यक्ष उमेस चौधरीले पनि अपाङ्गता भएका ब्यक्तीहरुलाई ब्यबसायमा जोड्ने गरि वाख्रा वितरण गरेको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताए ।
उनीहरुजस्तै वडाले ८ जनालाई पालनकालागि बाख्रा वितरण गरेको छ । वडाको बजेटले अपाङ्गता भएका ब्यक्तीहरुलाई स्वरोजगार बनाउन बाख्रा वितरण गरिएको वडाध्यक्ष खुसीराम चौधरीले बताए । उनका अनुसार पहिलो चरणमा ८ जनालाई यसरी बाख्रा वितरण गरिएको हो ।
वडामा ५० जना भन्दा बढि अपाङ्गता भएका ब्यक्ती भएको भन्दै अपाङ्गता भएका ब्यक्तीहरुको क्षमता अनुसार अन्य सहयोग पनि गर्ने बताए ।“हामीले यस बर्ष ८ वटा बाख्रा वितरण ग¥यौं”,उनले भने “अन्य अपाङ्गता भएका ब्यक्तीहरुलाई पनि क्षमता अनुसार सहयोग गर्नेछौं ।”
अपाङ्गता भएका ब्यक्तीहरुले नै यस बर्ष ८ जनालाई छनोट गरेको भन्दै त्यही अनुसार आयआर्जनकालागि बाख्रा वितरण गरेको उनको भनाई छ । गएको बर्ष एकल महिलाहरुलाई बाख्रा वितरण गरेको समेत वडाध्यक्ष चौधरीले बताए ।
वडा सदस्य धनराज गौतमले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको वडा सदस्य कमला घर्तीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण वडा सचिब गणेश कुमार आचार्यले गरेका थिए ।



लाइभदाङ । १० जेष्ठ २०८२, शुक्रबार २२:३२ बजे