
लक्ष्मण बस्नेत
दाङ,७ जेठ ।
दाङ जिल्ला अन्तरपालिका स्तरिय १५ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । दाङ जिल्ला खेलकुद विकास समिति बेल्झुण्डीको आयोजना तथा प्रदेश खेलकुद परिषद लुम्बिनिको तत्तावधानमा यहि जेठ १५ गते देखि प्रतियोगिता सुरु हुनेछ ।
जिल्ला खेलकुद विकास समितिको आइतबार बसेको खेल सम्बन्ध संघका अध्यक्ष तथा प्रतिनिधि र कर्मचारी सहभागी बैठकले प्रतियोगिताको मिति तय गरेको हो । साथै बैठकले रनिङ शिल्डलाई भब्य एवं सभ्य तवरले सम्पन्न गर्न समितिका कार्यालय प्रमुख राकेश परियारको संयोजकत्वमा रनिङ शिल्डमा सहभागी हुने ६ खेलका संघ र सबै खेलका प्रशिक्षक सदस्य रहने गरि प्रतियोगिता मुल आयोजक समिती गठन गरेको छ ।
त्यस्तै बैठकले मुल आयोजक समितिको मातहतमा रहने गरि विभिन्न उपसमिती समेत गठन गरेको कार्यालय प्रमुख राकेश परियारले जानकारी दिनुभयो । परियारका अनुसार आर्थिक संकलन,मन्च ब्यबस्थापन,खेल मैदान मर्मत ब्यबस्थापन,आतिथ्य सत्कार,प्रचार प्रसार,बिबाद समाधान, पुरस्कार तथा प्रमाणपत्र ब्यबस्थापन,प्राथमिक उपचार लगाएतका उपसमिती गठन गरिएकोछ ।



यस्तै बैठकले प्रतियोगितामा सहभागी हुने पालिका लाई टिम दर्ताको अन्तिम मिति यहि जेठ १३ गते सम्म तोकेको छ भने खेलाडिहरुको आवश्यक विवरणको फाईल सहित जिल्ला खेलकुदको कार्यालय बेल्झुण्डीमा टिम दर्ता गर्न सबै पालिका लाई पत्राचार मार्फत अनुरोध गर्ने निर्णय गरेकोछ ।
तीन दिन सम्म संचालन हुने प्रतियोगितामा एथलेटिक्स,भलिबल, कबड्डी,तेक्वान्दो, कराते र उसु खेल बिधामा जिल्लाका दस स्थानिय पालिकाका खेलाडी बिच कडा प्रतिस्पर्धा हुनेछ ।
लाइभदाङ । ८ जेष्ठ २०८२, बुधबार २०:१६ बजे