
तुलसीपुर, ३० कात्तिक । दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ७ मोतिपुर हिमालटोल निवासी दिवंगत ऋषिराज कडेँल ४५ दिनको पुण्य तिथिको अवसरमा साहारा विहीनलाई खाना खुवाईएको छ ।
मानव सेवा आश्रम तुलसीपुरका आश्रितलाई आईतबार विहानको खाना खुवाईएको हो ।
श्रीमती केवली कँडेल, छोरी पुष्पा पौडेल, ज्वाईं रुद्रमणि पौडेल, भतिज भीमप्रसाद कडेल, बुहारी बिमला कडेल, गोमा कँडेल र गोमा लामिछानेको सहभागितामा खाना खुवाईएको हो ।त्यस अवसरमा ज्वाई पौडेलले साहारा विहीनलाई खाना खुवाउदा नै वुवाप्रतिको सम्मान हुने बताए ।
उनले अन्य खर्च भन्दा साहारा विहीनलाई सेवा गर्नु राम्रो कार्य हुने समेत बताए । वुवाले पनि मानव सेवा आश्रमकालागि एक लाख बढि आर्थिक सहयोग समेत गरेको भन्दै विगत देखि नै सामाजिक कार्य गर्दै आएको समेत ज्वाई पौडेलले बताए ।
https://www.facebook.com/reel/2314155975685489



लाइभदाङ । १ मंसिर २०८२, आईतवार १२:२१ बजे