नेपाल डिस्ट्रिक्ट अफ अप्टिमिष्ट इन्टरनेश्नलको नायब गभर्नरमा बस्नेत

तुलसीपुर,३० भदौ । नेपाल डिस्ट्रिक्ट अफ अप्टिमिष्ट इन्टरनेश्नलको नायब गभर्नरमा तुलसीपुर निवासी मानबहादुर बस्नेत सर्वसम्मत चयन भएका छन् ।

हेटौडामा भएको दोस्रो कन्भर्सेसन मार्फत २०२३/०२४ र २०२४/०२५ कालागि गभर्नरमा चयन भएका हुन् । उनी अप्टिमिष्ट क्लब अफ तुलसीपुरका संस्थापक अध्यक्ष पनि हुन् ।


बस्नेत शिक्षा क्षेत्रमा पनि आबद्ध छन् ।