वाइसिएल लुम्बिनी प्रदेशको अध्यक्षमा सारु मगर

दाङ, ३ जेठ ।
वाइसिएल नेपाल लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनबाट नयाँ कार्यसमिति चयन गरिएको छ। सम्मेलनले अध्यक्ष र सचिव पदका लागि मतदानमार्फत चयन गर्दा बाँकी पदाधिकारीहरू सर्वसम्मत रुपमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

मतदानबाट अध्यक्षमा कृष्णबहादुर सारु र सचिवमा दलबहादुर गुरुङ निर्वाचित भएका हुन्। उपाध्यक्षमा माधव बुढाथोकी, अशोक श्रेष्ठ र सुष्मिता चौधरी सर्वसम्मत चयन भएका छन्।


त्यसैगरी, सहसचिवमा प्रितम पाण्डे, दत्तबहादुर खत्री, गोपलमान तमु, सुनिल गिरी, सन्तोष राजभार, प्रेमा घर्ति र नरबहादुर पुन चयन भएका छन्। कोषाध्यक्षमा गोबिन्दबहादुर वली सर्वसम्मत निर्वाचित भएका छन्।

नवगठित कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। सम्मेलनले संगठन सुदृढीकरण, युवाको नेतृत्व विकास र सामाजिक रुपान्तरणमा नयाँ कार्यसमितिको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरिएको छ।