वाईसिएल लुम्बिनी प्रदेशको अध्यक्षमा दाङका गिरीसहित दुईजनाको उम्मेदवारी

तुलसीपुर, २ जेठ ।  माओवादी केन्द्र निकट वाईसिएल लुम्बिनी प्रदेशको अध्यक्षमा दाङका हरिश गिरीसहित दुई जनाको उम्मेदवारी परेको छ ।

सर्वसम्मतको प्रयास सफल नभएपछि अध्यक्ष र सचिबमा निर्वाचन हुन लागेको हो । अध्यक्षको अर्को उम्मेदवारमा अर्घाखाचीका कृष्ण बहादुर सारु रहेका छन् । त्यस्तै सचिबमा कपिलबस्तुका खगेन्द्र प्रसाद ढकाल र रोल्पाका दलबहादुर गुरुङको उम्मेदवारी परेको छ ।


यी दुई पदमा अहिले मतदान भइरहेको छ । अन्य पदाधिकारीहरु भने सर्वसम्मत भइसकेका छन् ।