तुलसीपुरमा ७ बर्षीया बालिका बलात्कृत

दाङ, ३० वैशाख । दाङको तुलसीपुरमा ७ बर्षीया बालिका बलात्कृत भएकी छन् ।

गएको शनिबार तुलसीपुर उपमहानगरपालिका वडा नं.४ हलवार निवासी ७ बर्षीया बालिका बलात्कृत भएकी हुन् । बलात्कारको आरोपमा प्रहरीले १६ बर्षीय नवालकलाई पक्राउ गरेको छ ।


इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाका अनुसार सोमबार पक्राउ गरि अनुसन्धान थालिएको छ । पाँच दिन म्याद थप गरेर अनुसन्धान भइरहेको उनले बताए ।

पीडक नवालकले घरमा खेल्न गएको अबस्थामा चाउचाउ दिन्छु भन्दै घर भित्र लगि बलात्कार गरेको प्रहरीले बताएको छ ।