दाङमा भर्‍याङबाट लडेर एक वृद्धाको मृत्यु

दाङ, २९ वैशाख ।
दाङमा भर्‍याङबाट लडेर एक वृद्धाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१७ बगौसी निवासी ७० वर्षिय टिका श्रीसको आफ्नै घरको भर्‍याङबाट चिप्लेर लड्दा मृत्यु भएको हो ।


भर्‍याङबाट लडेकी श्रीसको टाउको र मुखमा चोट लागेको थियो । गम्भिर घाइते श्रीसको आइतबार दिउँसो राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।