५८ औ बालअधिकार दिवसको अवसरमा बाल क्लबको क्षमता विकास तालिम सम्पन्न

दाङ, २९ भदौ ।
५८ औ बाल अधिकार दिवसको अवसर पारी समाजमा वातावरणीय शिक्षाको बिकास (सिड) संस्थाको आयोजना तथा शान्तिनगर गाउँपालिका दाङको सहकार्य तथा समन्वयमा बालबालिकाहरुका लागि २ दिने क्षमता बिकास तालिम शान्तिनगर गाउँपालिका वडा नं.४ जुम्लेकुलामा सम्पन्न भएको छ ।

गाउँपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख साबित्रा आचार्यको अध्यक्षता, गाउँपालिकाका उपाध्यक्ष प्रेमा कुमारी बुढाथोकीको प्रमुख आतिथ्यता, वडा नं ४ का अध्यक्ष गोमान बहादुर वलीको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको समापन कार्यक्रममा सिड संस्थाका कार्यकारी निर्देशक भागिराम चौधरी, वडा अध्यक्ष गोमान बहादुर वली, गाउँपालिका उपाध्यक्ष पे्रमा कुमारी बुढाथोकी बालक्लवका अस्मिता कवँर , यज्ञ के.सी, रेखा बुढाथोकी लगायतले तालिमले आफुहरुमा समुदाय तथा बिद्यालय स्तरमा बाल क्लवलाई शसक्त बनाउदै बालबिवाह लगायतका सामाजिक कुरीती कुसंगतिका बिरुद्ध अगाडि बढ्ने प्रेरणा प्राप्त भएको बताउनुभएको थियो ।

कार्यक्रममा बोल्दै सिड संस्थाका कार्यकारी निर्देशक भागिराम चौधरीले संस्थाले बिगत लामो समय देखि बाल अधिकारका क्षेत्रमा कार्य गर्दे आएको र अझै कार्य गर्नका लागि धेरै बाँकीरहेको उल्लेख गर्दै त्यसको अगुवाई स्थानिय सरकारले गर्नुपर्ने बताउनुभएको छ, भने कार्यक्रममा बोल्दै वडा नं. ४ का अध्यक्ष गोमान बहादुर वलीले बालबालिकाका योजना तथा कार्यक्रमलाई वडाले प्राथमिकतामा राखि कार्य गर्ने बताउनु भएको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका उपाध्यक्ष बुढाथोकीले गाउँ, टोल, समुदाय र हरेक बिद्यालय स्तरमा बाल क्लव निर्माण हुनुपर्ने र बालविवाह लैंगिक हिंसा लगायतका सामाजिक कुरीति तथा कुसंस्कारका बिरुद्धमा निरन्तर खबरदारी गर्दे अगाडि बढ्नुपर्ने बताउनुभयो । बालबालिका तथा महिलाहरुले आजका दिनमा पनि विभिन्न खालका हिंसाका घतना घटिरहेको र त्यस्ता घटना बाहिर आउन नसकिरहेको अवस्थामा बाल क्लवले बालबिबाह तथा हिंसाका घटना कहि कतै भएमा आफुलाई खवर गर्न र त्यसखालका घटना विरुद्ध आफु जुनसुकै अवस्थामा पनि सहयोगि भुमिकामा रहने बताउनुभयो ।


कार्यक्रमका उपस्थित सम्पुर्णले ५८ औ बालअधिकार दिवसको अवसरमा सम्पुर्ण बालबालिकालाई शुभकामना दिनुहुदै बालअधिकार प्रबद्धनका लागि बर्षमा १ दिन मात्र नभई ३६५ दिननै बालबालिकासंग आत्मीय ब्यबहार गर्दे बालअधिकारका चारवटै क्षेत्रलाई मजबुत बनाउन तर्फ लाग्नुपर्ने बताएका थिए ।

कार्यक्रम समापनका अवसरमा सहभागि गाउँपालिका स्तरयि बाल क्लव संजाल निर्माण गरिएको छ । जसको अध्यक्षमा रेखा बुढाथोकी, उपाध्यक्षमा रेखा वली, सचिबमा यज्ञ के.सी ,कोपाध्यक्षमा निसान्त वली, सहसचिवमा आसाराम चौधरी सहित ७ वटै वडा बाट १५ जना बालबालिका सम्मीलित रहेकाछन् ।

क्षमता बिकास तालिममा बालअधिकार,कानुनी ब्यबस्था, बाल सहभागिता, बाल क्लव तथा संजालको निर्माण कार्य प्रक्रिया तथा सामुदायिक सवालमा बाल क्लबको परिचालन लगायतका सवालमा अभिमुखिकरण गरिएको उक्त कार्यक्रमको प्रमुख प्रशिक्षकका रुपमा सिड संस्थाका कार्यक्रम संयोजक उमेश खरेल रहनुभएको थियो ।