विश्व वातावरण दिवसको अवसरमा बिरुवा गोडमेल

अमृत काजी शर्मा,
तुलसीपुर, २२ जेठ ।
मानव अधिकार तथा शान्ति समाज जिल्ला कार्यसमिति दाङले विश्व वातावरण दिवसको अवसरमा दाङ तुलसीपुर उपमहानगरपालिका रझेना स्थित केशवराज झुपा कुमारी वृद्ध सेवा समिति रझेनामा झन्डै दुई वर्ष अगाडी शान्ति समाजका संस्थापक सभापती कृष्ण पहाडी र तत्कालिन सभापती उत्तम पुडासैनी लगाएत दाङ शाखाको अगुवाईमा रोपिएका विभिन्न बोट बिरुवाहरु सरसफाई तथा गोडमेल गरिएको हो ।

संस्थापक सभापती कृष्ण पहाडी हातबाट रोपिएको रुद्राक्षको बिरुवाबाट गोडमेल तथा सरसफाई सूरु गरिएको थियो । सो अवसरमा शान्ति समाजका केन्द्रिय सचिव निर्मल नेपाली, जेष्ठ नागरिक लुम्बिनी प्रदेशका अध्यक्ष खुमानन्द अधिकारी लगाएतले बोल्नु भएको थियो ।


कार्यक्रममा केन्द्रिय सदस्य तुल्सीराम सुनार, जिल्ला सहसचिव माधब बस्नेत लगाएत स्थानियहरुको सहभागिता रहेको थियो । जिल्ला कार्य समिति दाङका कार्यवहाक सभापती कोमल डि.सीको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण शाखा सचिव अमृत प्रसाद शर्माले गर्नु भएको थियो ।