
तुलसीपुर,२७ वैशाख । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) निकट नेपाल उद्योग ब्यापार महासंघ तुलसीपुर नगर कमिटिको अधिवेशन ३ जेठमा हुने भएको छ ।
शनिबार तुलसीपुरमा बसेको संगठनको बैठकले दोस्रो अधिवेशन ३ जेठमा गर्ने निर्णय गरेको हो । संगठनका अध्यक्ष घनश्याम डाँगीको अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर मास्कीको प्रमुख आतिथ्यमा बैठक भएको हो ।
त्यस अवसरमा पार्टीका नगर इन्चार्ज डिल्ली अधिकारी, संगठनका जिल्ला इन्चार्ज मिनराज भण्डारी, जिल्ला अध्यक्ष डिल्ली बहादुर वली, पूर्व प्रदेश कमिटि सदस्य वेदप्रकाश वलीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
तुलसीपुरको गणेशपुर पार्कमा अधिवेशन हुने भएकाले त्यसकालागि अध्यक्ष डाँगीको संयोजकत्वमा ब्यबस्थापन समिति समेत गठन गरेको छ । जसकाे सदस्यहरुमा कालु जैसी(गौरव), तुलसीराम मल्ल, बेदप्रकास वली,मिना केसी र शारदा वली रहेका छन् ।



लाइभदाङ । २७ बैशाख २०८२, शनिबार १०:५४ बजे