दाङमा कपाल काटेको ज्याला बृद्धि :(कसको कति ज्याला) ?

तुलसीपुर,२७ चैत ।
दाङमा कपाल काटेको ज्याला बृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् । यस अघि एक सय रुपैँया रहेको कपाल काटेको ज्याला हाल बढेर एक सय ५० रहेको छ ।

नाई व्यवसायी संघ दाङले कपाल काटेको ज्याला एकै पटकमा ५० प्रतिशत बृद्धि गरेको हो । ज्याला ५० प्रतिशत बृद्धि गरेपछि उपभोक्ताले कपाल काटेको ज्याला चर्को रहेको भन्दै सुधार गर्न माग गरेका छन् ।


नेपाल नाई संघ तुलसीपुरका अध्यक्ष बैजनाथ ठाकुरले लामो समयपछि माघ १५ देखि लागु हुने गरि कपाल काटेको ज्याला बृद्धि गरिएको बताए । आर्थिक मन्दीका कारण यसरी ज्याला बृद्धि गरिएको हो ।