काठ बैंक तथा घाट व्यवस्थापन अभियान फेरी सक्रिय हुँदै

देविराम कुसारी
शितलपुर, ४ असार ।
कोरोना कहरको बेला आपत्कालिन अवस्थामा काठ तथा घाटको व्यवस्थापन गर्ने उदेश्यका साथ थालिएको काठ बैंक तथा घाट व्यवस्थापन अभियान फेरी सक्रिय हुने भएको छ ।

कोरोना विपत्तिको समयमा सवहरु नजालाएर त्यत्तिकै छोड्ने परिस्थिति आएपछि पंतिकार स्वयमद्वारा अभियानको परिकल्पना गरी केही दिन एक्लै अभियान थालीएको थियो। क्रमशः यसको आवश्यक्ता महशुष हुदै गएपछि सामुहिक रुपमा कोरोना अवधिभर समिति बनाई अभियान थालिएको थिलियो । कोरोना कहर सकिएर जनजिवन सामान्य अवस्थामा फर्किएपछि यो समितिको सक्रियता क्रमशः घट्दै गैरहेको थियो । पछिल्लो समयमा समितिले घाट व्यवस्थापनमा समन्य काम गरिरहे पनि काठको व्यवस्थापन पुर्ण रुपले छोडेको थियो ।

यसरी लामो समय निश्कृय प्राय रहेको समितिलाई सक्रिय हुन व्यापक जनसुझाव आउन थाले पछि समिति फेरी सकृय हुन थालेको हो । यसै विच काठ बैक तथा घाट व्यवस्थापन समितिको मंगलवार (आज) वैठक सम्पन्न भएको छ । दाङको आर्य घाटका रुपमा चिनिने शितलपुर घाटमा सम्पन्न भएको बैठकले व्यवस्थापन समिति पुर्गठन गर्ने निर्णय गरेको छ ।


समितिका अध्यक्ष देविराम कुसारी अध्यक्षता तथा सल्लाहकार द्वोय तलसीपुर उपमहानगपालिका १२ का वडा अध्यक्ष खुशिराम चौधरी र स्थानिय पुष्पराज गिरीको अपस्थितिमा भएको भेलाले कुसारीकै अध्यक्षतामा समिति पुणर्गठन गरेको हो । समितिको उपाध्यक्षमा हेमराज गिरी, सचिवमा हेमराज डाँगी, कोषाध्यक्षमा हरिप्रसाद बुढाथोकी र सह–सचिवमा शुसिल गिरी चयन हुनुभएको छ ।

भेलाले समितिको सदस्यमा खगेन्द्र अधिकारी, समर्पन डाँगी, पवित्रा वस्नेत, जितबहादुर सार्की, बिशाल पोख्रेल, महेश चौधरी, सुरेन्द्र बुढाथोकी, हेमराज शाहुलाई चयन गरेको छ । त्यसैगरी भेलाले समितिको सल्लाहकारमा वडा नम्वर ११ का वडा अध्यक्ष मानबहादुर रावत, १२ का वडा अध्यक्ष खुशिराम चौधरी, १३ वडा अध्यक्ष मोहनलाल पौडेले, वौद्धिक व्यक्ति चिन्ताबहहादुर गिरी, समाजसेवि हरिहर पौडेल, पुष्पराज गिरी र यमकुमारी खड्कालाई चयन गरेको छ ।

भेलाले समितिको अधिकारिक्ताको लागि उपमहानगरपालिका तथा वडासंग समन्वय गर्ने र अधिकारक्ता प्राप्त भए पछि मात्रै आफ्ना कृयाकलाप अगाडी बढाउने निर्णय गरेको छ ।