तुलसीपुरमा ट्रान्सपोर्ट जाने गाडी नछिरेपछि सडक अवरुद्ध

तुलसीपुर,२१ बैशाख ।
दाङको तुल्सीपुरमा ट्रान्सपोर्ट जाने सडकमा ठूला गाडी नछिरेपछि सडक अवरुद्ध भएको छ। तुलसीपुर ६ को घोरही रोडदेखि ट्रान्सपोर्टसम्म जाने बाटो नबनेपछि सडक अवरुद्ध गरिएको हो। आइतबार दिउँसो १२ बजेदेखि सडक अवरुद्ध गरिएको हो ।

ट्रान्सपोर्ट छिर्ने गाडी नछिरेपछि बाटो बन्द गर्नुपर्ने अवस्था आएको अध्यक्ष खेमजङ बस्नेतले बताए । उत्तरतिरको वैकल्पिक बाटो पनि स्थानीयले बन्द गरेपछि ट्रान्सपोर्ट छिर्ने ठूला गाडीहरु छिर्न नसक्ने अवस्थामा रहेका छन्।


नाली बनेको लामो समय भइसक्दा पनि स्थानीय प्रदिप धितालको घर हटाउन नमान्दा सडक निर्माण कार्य अवरुद्ध भएको छ। वैकल्पिक बाटो नखुलाउँदासम्म तथा ट्रान्सपोर्टका ठूला गाडीहरु छिर्ने ठाउँ नहुँदासम्म बाटो अवरुद्ध गर्ने उनीहरूको भनाइ रहेको छ।