विद्यार्थीसँग नायक सरोज खनाल

दाङ १० पुस ।

नेपाली सिने क्षेत्रका नायक सरोज खनाल दाङ आएर विद्यार्थीसँग साक्षात्कार गरेका छन् । गुरुकुल एकेडेमीले दाङमा गरेको ‘भाइबिहिनी विषेश कार्यक्रममा’ उनले जीवनमा सिकाई नरोकिने भन्दै आफू पनि अझै कलाकारिता सिक्नेक्रममा रहेको बताएका छन् ।

दाङ, रुकुम, रोल्पा सल्यान, प्युठान जिल्लाका गरी कबिर तीन सय विद्यार्थी सहभागी भएको कार्यक्रमम उनले भने, ‘मैले ५० बढी सिनेमा खेलीसके हुँला, तर अझै कलाकारिता सिक्नेक्रममा छु ।’ उनले जीवनमा ज्ञान आर्जन गर्नेक्रमे नरोकिने बताउदै सिकाईलाई निरन्तर जारी राख्न आग्रह गरे । ‘जीवनमा कहिले सिक्न नछोड्नुहोला’ उनले भने, ‘किनभने सिक्नेक्रम कहिले रोकिदैन ।’

उनले विद्यार्थीहरुलाई आफ्नो जीवनको लक्ष तय गर्न योजना बनाउनुपर्ने बताए । ‘तपाई जीवनमा के बन्ने योजना बनाउनुस् । त्यसलाई डायरीमा उर्तानुस्’ उनले भने, ‘र, त्यसलाई सार्थक रुपदिन व्यवहारमा काम गर्न थाल्नुस् ।’ उनले जीवनमा सपना देख्न नछोड्न आग्रह गरे । ‘सपना देख्ने मान्छे नै जीवनमा सफल हुन हो’ उनले भने, ‘जो सँग सपना हुँदैन उनीहरु जीवनको गन्तव्य पुग्न सक्दैनन् ।’


अभिप्रेरणा दिने उद्देश्यले आयोजन गरिएको कार्यक्रममा उनले विद्यार्थीसँग प्रत्येक्ष साक्षात्यकार गरे । उनीहरुको सपना र लक्षबारे संवाद गरे । उनले जीवनसँग जाड्ने शिक्षा गुरुकूल एकेडेमीले दिन थालनी गरेको भन्दै सराहनीय काम भएको बताए ।

गुरुकुल एकेडेमीका विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष इञ्जिनियर अनन्तराज घिमिरले पूर्ण मानव बनाउने सोचले विद्यालय अघि बढेको बताए । शिक्षालाई जीवनसँग जाडेर सबल र योग्य नागरिक बनाउने अभियानमा विद्यालय रहेको उनको भनाइ थियो ।

सो अवसरमा विद्यार्थीहरुले नृत्य, गायन, बिट बक्सिङ, एनसीसी प्रस्तुती लगायतका अतिरिक्त्त क्रियाकलपाहरु प्रस्तुत गरेका थिए । गुरुकुल प्लसटुका संयोजक निमानन्द गैरेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली सेनाका कर्णेल रविन्द्र महर्जनको विशिष्ट आतिथ्यता रहेको थियो । विद्यालयका सह–प्रधानाध्यापक मुकुन्द गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक इन्द्र पोख्रेलले गर्नुभएको थियो ।