डिभाईन मन्टेश्वरीद्वारा प्रि–स्कुलका विद्यार्थी दिक्षित

तुलसीपुर,१० चैत । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित डिभाईन एजुकेसन फाउन्डेसनद्वारा सञ्चालित डिभाईन मन्टेश्वरीले पूर्व प्राथमिक तह पार गरेका बिद्यार्थीहरूलाई दिक्षित गरेको छ ।

डिभाईन फाउन्डेसनका प्रिन्सिपल भोजराज न्यौपानेको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका उपमेयर स्यानी चौधरिको प्रमुख आतिथ्यता एवं पत्रकार दीपक बोहराको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अवसरमा प्रमुख अतिथि चौधरीले गुणस्तरीय तथा जीवनउपयोगी शिक्षा नै अहिलेको आबश्यकता रहेको बताईन् । विद्यालयले संस्कारयुक्त शिक्षा दिने कुरामा पनि ध्यान दिनुपर्ने उनको भनाई थियो ।


डिभाइनले प्रत्येक बर्ष यसरी नै विद्यार्थीहरुलाई दिक्षित गर्दै आएको छ । एक तह पार गरेका विद्यार्थीहरुलाई यसरी दिक्षित गर्दै आएको उनको भनाई छ ।

कार्यक्रममा बिद्यार्थीले अभिभावकलाई टिका लगाइ सम्मान प्रकट गरेका थिए । त्यस अवसरमा विद्यार्थीहरुले बिभिन्न प्रतिभाहरु समेत राखेकाथिए । डिभाइन मन्टेश्वरीकि प्रिन्सिपल बिन्दु खनालको स्वागत मन्त्व्य सुरूवात भएको कार्यक्रमको सहजीकरण शिक्षिका सुजता डाँगीले गरेकी थिइन् ।