तुलसीपुरमा आगलागी सुरक्षा तालिम

तुलसीपुर, ११ वैशाख । दाङको तुलसीपुरमा ग्यास तथा आगलागीबाट सुुुरक्षित हुन तालिम प्रदान गरिएको छ । आगलागी स्रोतजन्य वस्तुको सुरक्षित प्रयोग र विपद् न्यूनीकरणका लागि कार्यक्रम गरिएको हो । ‘तालिम प्राप्त विक्रेता – चेतना युक्त उपभोक्ता’ भन्ने मूल नाराका साथ ग्याँस विक्रेता महासंघ नेपाल, पुतलीसडक, काठमाडौंको आयोजनामा कार्यक्रम भएको हो थियो ।

कार्यक्रमको नेपाल आयल निगम लिमिटेडको प्रायोजन, नेपाल घरेलु तथा साना उद्योग महासंघ, तुलसीपुर शाखाको संयोजन तथा तुलसीपुर ग्यास व्यवसायी समिति, तुलसीपुरको ब्यबस्थापनमा कार्यक्रम भएको थियो । साथै कार्यक्रमलाई प्रदेश प्रहरी लुम्बिनीको विपद व्यवस्थापन गुल्म तुलसीपुरले प्राविधिक सहयोग गरेको थियो ।

ग्यास विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा ग्यास विक्रेता महासंघबाट प्रशिक्षकहरु गेहेन्द्र रिजाल, रबिन कार्की र रामकुमार खड्का र सहितको टोलीले ग्यास सुरक्षा सम्बन्धी तालिम प्रदान गरेका थिए ।

एलपी ग्यासको प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षा उपायहरू, ग्यास चुहावटको पहिचान गर्ने उपाय, रेगुलेटर कसरी सुरक्षित तरिकाले जोड्ने, पाइपको अवस्था समय समयमा जाँच गर्ने, ग्यास प्रयोग गरेपछि रेगुलेटर बन्द गर्नेलगायतका विषयमा प्रशिक्षण तालिम दिएका थिए । साथै, ग्यास लिक भएमा कसरी परीक्षण गर्ने भन्ने विषयको डेमो समेत देखाएका थिए ।


त्यस्तै नेपाल प्रहरी लुम्बिनी प्रदेश, विपद व्यवस्थापन गुल्म, तुलसीपुरका प्रहरी नायब निरीक्षक बालाराम केसी नेतृत्वको टोलीले आगलागीबाट जोगिने उपायहरूबारे व्यवहारिक तालिम दिएका थिए।

प्रहरीले ग्यास चुहावट, विद्युतीय शॉर्ट सर्किट, खुला आगोको लापरवाही प्रयोग –बारे जानकारी दिँदै आगो लागेपछि प्राथमिक चरणमा अपनाउनु पर्ने उपायहरू सिकाएका थिए । उनीहरुले आगो निभाउने यन्त्रको प्रयोग, आगो निभाउने प्राथमिक उपकरणहरूको परिचय तथा आपतकालीन अवस्थामा कसरी सुरक्षित रूपमा स्थान परिवर्तन गर्ने भन्नेबारे समेत व्यवहारिक प्रदर्शन गरेका थिए ।

कार्यक्रममा स्थानीय ग्यास व्यवसायी, घरेलु उपभोक्ता तथा सामाजिक अगुवा लगायतको सहभागिता रहेको थियो।

ग्यास बिक्रेता महासंघका महासचिव बिनोद काफ्लेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण ग्यास बिक्रेता महासंघका केन्द्रिय उपाध्यक्ष तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका लाल बहादुर केसीले गरेका थिए ।