लागुऔषध दुर्व्यसनी विरुद्ध विद्यालयस्तरीय अभियान अन्तर्गत मा. वि. बालापुरमा अभिमुखिकरण कार्यक्रम सम्पन्न 

तुलसीपुर,१६ । लागुऔषध दुर्व्यसनी विरुद्ध विद्यालयस्तरीय अभियान अन्तर्गत मा. वि. बालापुरमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

तुल्सीपुर उपमहानगरपालिका वडा नं. २ को कार्यालय र तुल्सी सामाजिक विकास केन्द्र संस्थाको संयुक्त आयोजनामा किशोर–किशोरीहरूलाई लक्षित गरी लागुऔषध दुर्व्यसनी विरुद्ध विद्यालय स्तरीय अभियान तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रमा तुल्सी सामाजिक बिकास संस्थाका अध्यक्ष ओद बहादुर भण्डारिको अध्यक्षता तथा तुल्सीपुर उपमहानगरपालिका वडा नं.२ वडा अध्यक्ष भिम बहादुर योगीको प्रमुख अतिथित्यता कार्यक्रम सम्पन्न भएको हो ।

त्यस्तै वडा सदस्य मोहन डाँगी र माया सुनार साथै स्कुल व्यावस्थापन समिति अध्यक्ष तिलक के.सी, विद्यालय प्र.अ. घनश्याम खड्का, अन्य विद्यालयका शिक्षक शिक्षिकाहरु लगाएत कक्षा ८,९ र १० मा अध्यनरत झण्डै ९४ जना विद्यार्थीहरुको उपस्तिथिमा कार्यक्रम सन्चालन भएको हो । कार्यक्रमको सहजिकरण संस्थाका लेखा संयोजक शुभम देवकोटाले गरेका थिए ।