
सिसहनियाँ ५ बैशाख ।
दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो। कृष्णनगरबाट लमहीतर्फ आउँदै गरेको बा ३ ख ७९९६ नम्बरको बस राप्ती–५ लठह्वामा दुर्घटनामा परि राजपुर गाउँपालिका–५ निवासी ५६ वर्षीय निलसरोज यादव र घाेराही उपमहानगरपालिका बन गाउँ निबासी पुस्पा डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
त्यसैगरी सोही घटनामा परेर लमही नगरपालिका –५ निवासी २५ वर्षकी संगिता जिसी, घोराही उपमहानगरपालिका –५ सेजवाल टोल निवासी वर्ष ५० की चोपिकला खत्री, वर्ष ५० का बल बहादुर खत्री, प्यूठान नगरपालिका –६ निवासी २७ वर्षकी अनिशा गुरुङ, सुमित्रा गुरुङ, भावना गुरुङ, लमही नगरपालिका –४ निवासी २४ वर्षकी रासु थापा, घोराही उपमहानगरपालिका –१० निवासी ४२ वर्षका ललित वली, कपिलवस्तु शिवराज नगरपालिका –२ निवासी २८ वर्षकी सरस्वती घर्तीमगर, उनको ४ महिनाकी छोरी रिया घर्तीमगर, कपिलवस्तु शिवराज नगरपालिका निवासी ४१ वर्षकी मनकुमारी घर्ती, प्यूठान नगरपालिका –३ निवासी शिव बहादुर गुरुङको ५ वर्षका छोरा प्रभास गुरुङ, लमही नगरपालिका –५ निवासी वर्ष २५ का सहिद हुसेन, कपिलवस्तु नगरपालिका –४ निवासी वर्ष २३ की शवनम नाउ घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरूको सिसहनियाँ र लमहीमा उपचार भइरहेको छ। तीव्र गतिमा रहेको बस अनियन्त्रित भई दुर्घटनामा परेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।



लाइभदाङ । ५ बैशाख २०८२, शुक्रबार २१:३५ बजे