प्रादेशिक अस्पतालको अस्पतालको जग्गामा ५० बढि घर

दाङ, ५ जेठ ।
दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालको जग्गा नापजाँच गरिएको छ । अतिक्रमित जग्गा छुट्याउनकालागि मंगलबार जग्गा नाँपजाँच गरिएको हो । जिल्ला प्रशासन कार्यालय दाङको प्राबिधिकको टोलीले नापजाँच गरेको हो । नापजाँचका क्रममा अस्पतालको करिब २५ कठ्ठा ६ धुर जग्गा अतिक्रमणमा परेको प्रारम्भिक रिपोर्ट आएको छ । तुलसीपुर उपमहानगरपालिकाका अमिन विक्रम गौतमले बताए । उनका अनुसार ति स्थानमा ५० बढि घरहरु अतिक्रमित छन् ।
सबै भन्दा बढि उत्तर तिर अतिक्रमणमा परेको छ, भने पश्चिम रानीजरुवा र पूर्व तिर पक्की घरहरु बनेका पाईएको उनको भनाई छ । तीन वटा कित्तामा रहेको अस्पतालका जग्गामा अतिक्रमण भएको पाईएको हो । अस्पतालको उत्तरतर्फ ३५ भन्दा बढि, पूर्व तर्फ अरणीको मैदानसंग सटेका घरहरु ८ वटा भन्दा बढि तथा रानीजरुवा आसपासमा १० भन्दा बढि घरहरु निर्माण भएको प्रारम्भीक रिपोर्ट छ । तर, अब केही दिनमा सबै घरको तथ्यांक आउने अमिन गौतमले बताए ।

अस्पतालको कित्ता नं।७८ मा जम्मा ५ विघा ६ कठ्ठा ३ धुर जग्गा हो । जसमा २३ कठ्ठा जग्गा अतिक्रमणमा परेको पाईएको छ । त्यस्तै कित्ता नं। ७५ मा अस्पतालको १ विघा १ कठ््ठा जग्गा हो । त्यस मध्ये एक कठ्ठा १० धुर र कित्ता नं।२६८४ मा १ कठ्ठा ५ धर जग्गा अतिक्रणमा परेको छ । अस्पतालको जम्मा ७ विघा जग्गा देखिन्छ ।


अस्पतालको जग्गा अतिक्रणमा पर्दा संरचना विस्तारमा समस्या हुने गरेको अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेले बताए । प्राबिधिक सहितको टोलीले नापजाँच गरेकाले विस्तृत प्रतिवेदन आएपछि जग्गा खाली गर्ने प्रक्रिया अघि बढाउने उनको भनाई छ । अतिक्रमित जग्गाको दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालसहितको टोलीले पनि अनुगमन गरेको थियो ।