विद्यार्थीसँग साक्षात्कार गर्न नायक सरोज खनाल दाङ आउँदै

दाङ
९ पुस / नायक सरोज खनाल दाङ आउने भएका छन् । गुरुकुल एकेडेमीले बालबालिकाहरुलाई अभिप्रेरणा दिने उद्देश्यले सञ्चालन गरेको कार्यक्रममा नेपाली सिने क्षेत्रका नायक खनाल दाङ आउने भएका हुन् ।

दाङ, रुकुम, रोल्पा, सल्यान र प्युठान जिल्लाका गरी पाँच सय बढी बालबालिकाहरुलाई अभिप्रेरणा दिने उद्देयश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको आयोजक गुरुकुल एकेडेमीले जनाएको छ । नायक खनालले बालबालिकाहरुसँग विद्यार्थीसँग साक्षात्कार गर्ने छन् । उनले बालबालिका समक्ष आफ्नो सिनेमा क्षेत्रको यात्रा अनुभूतीसँग साट्नेछन् भने सफल जीवनका लागि आवश्यक अभिप्रेरणा दिनेछन् ।


बालबालिकाहरुलाई व्यवहारिक शिक्षा दिन यो कार्यक्रमा सञ्चालन गर्न लागिएको गुरुकुल एकेडेमीका प्लटु संयोजक निमानन्द गैरेले बताए । कार्यक्रममा लागि पुस १० गते शनिवार गुरुकुल एकेडेमीमा बिहान ११ बजेको समय तय गरिएको छ ।