ग्रेट अरनीको विद्यार्थी विदाई कार्यक्रममा गायक कुलेन्द्र विश्वकर्मा आउने

तुलसीपुर, ४ वैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित ग्रेट अरनीको इग्लिस सेकेन्डरी स्कुलमा गायक कुलेन्द्र विश्वकर्मा आउने भएका छन् ।

शुक्रबार कक्षा १२ का विद्यार्थीहरुको विदाई कार्यक्रममा गायक विश्वकर्मा आउने भएका हुन् । तुलसीपुरको विएस पार्टी प्यालेसमा हुने कार्यक्रममा गायक विश्वकर्मासहित कमल गाउँलेले प्रस्तुती राख्ने भएका हुन् ।


स्कुलका प्रिन्सिपल विष्णुप्रसाद देवकोटाका अनुसार विहान साढे ६ बजेदेखि कार्यक्रम हुने भएको हो । कक्षा ११ का विद्यार्थीहरुको आयोजनामा कक्षा १२ का विद्यार्थीहरुलाई विदाई गर्ने कार्यक्रम रहेको छ ।