बजेट नभएरै सडकको टेन्डर, ३ बर्षदेखि नबनेपछि सडकमै रोपियो केरा

दाङ, ३ वैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित रानीजरुवामा सडक निर्माणकालागि टेन्टर भएको ३ बर्ष भयो ।

तर, पनि अहिलेसम्म सडक बनेको छैन । पटक–पटक सम्बन्धित निकायलाई झकझक्याउँदा पनि चासो नदिएपछि बुधबार स्थानीयले सडक चक्काजाम गरे । बसपार्क स्थित पिपलबोटनेर दिउसो १२ बजेदेखि १ बजेदेखि चक्काजाम गरेका थिए । त्यतिमात्रे हाइन्, सोही सडकमा केराका विरुवा समेत रोपिएको थियो । “सुरुमा टेन्डर पनि भयो, ठेकेदार पनि आए”, संघर्ष समितिका सदस्य दीपक काफ्लेले भने“ तर, अहिलेसम्म न त ठेकेदार नै आए ।”

लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा डिल्ली बहादुर चौधरीले मौखिक आदेशमा टेन्डर भएको हो । तर, त्यतिबेला पावरको दुरुपयोग गर्दै टेन्डर आह्वान गरिएपनि सडक नबनेपछि स्थानीय मारमा छन् । अहिले धुलाम्मे छ, भने बर्षादमा हिलाम्मे हुन्छ । आवतजावतमा मात्रै होईन्, सोही क्षेत्रको ब्यबसाय नै चौपट्ट छ ।

अहिले पहिलो चरणमा चक्काजाम गरिएपनि भबिष्यमा यस्ता आन्दोलनलाई निरन्तरता दिने संघर्ष समितिका सदस्य आकाश भण्डारीले बताए । उनका अनुसार पिपलबोट रानीजरुवासम्म ८ सय मिटर सडक कालोपत्रेकालागि काम सुरु भएको हो । पटक–पटक तत्कालिन मुख्यमन्त्री डिल्ली चौधरीसहित अन्य नेताहरु पनि त्यो सडक स्तरबृद्धि गर्ने भनि स्थलगत अनुगमन पनि गए ।


तर, अहिलेसम्म न त काम भयो, न त नेताहरु नै देखिए । यसरी स्थानीयहरु पटक–पटक नेतृत्वलाई गुहार गर्दा आजित भएपनि एक घण्टा चक्काजाम गरेका हुन् । जीवी जिएमको संयोजकत्वमा उक्त आन्दोलन भएको हो ।