नेपाल उद्योग ब्यापार महासंघ लुम्बिनीको सचिबमा ढकाल

तुलसीपुर,२६ चैत । नेपाल उद्योग ब्यापार महासंघ लुम्बिनीको सचिबमा दाङ तुलसीपुरका ब्यबसायी शेसकान्त ढकाल निर्वाचित भएका छन् ।

बुधबार घोराहीमा भएको प्रदेशको तेस्रो साधारण सभा तथा दोस्रो अधिबेशनले ढकाललाई सचिब सर्वसममत रुपमा निर्वाचित गरेको हुन् । उनी दाङका स्थापित मेडिसिन डिस्टिब्यूटर्स ब्यबसायी हुन् ।


त्यस्तै तुलसीपुरकै कालु जैसी (गौरब), कृष्ण पुन सर्बसम्मत रुपमा सदस्यमा निर्वाचित भएको नगर अध्यक्ष घनश्याम डाँगीले जानकारी दिए ।