
दंगीशरण, २६ चैत्र ।
दंगीशरण गाउँपालिकाले आफ्नो पालिकाभित्र रहेका अपाङ्गता भएका ब्यक्तिहरुका लागि जिबिकोपार्जन तथा जीवन रुपान्तरणका लागि आवश्यक सामाग्री तथा ३ वटा माउ बाख्रा वितरण गरेको छ ।
पालिकाको पहलमा दंगीशरण गाउँपालिका वडा नं. ५ र वडा नं. ३ का २ जना अपांगता भएका ब्यक्तीलाई जर्सि ओभरसिज ए.ड.को आर्थिक सहयोग तथा प्रेक्टिकल एक्सनको नेतृत्व,डिप्रोक्स नेपालको सहकार्य तथा समुन्नति डिजिटल फाइनान्स परीयोजना अन्तर्गत परीयोजनामा आबद्व परीवार तथा सदस्यहरुमा उधमसिलता विकास गर्न सामाग्री तथा माउ बाख्रा वितरण गरीएको गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताए ।
सोमबार एक कार्यक्रमका विच दंगीशरण गाउँपालिका वडा नं. ५ की शिला के.सी. लाई ४२ हजार बरावरका ३ वटा माउ बाख्रा वितरण गरीएको थियो । यस्तै वडा नं. ३ चखौराका अपांगता भएका ब्यक्ती लक्ष्मण चौधरीलाई टेलरीङ सम्बन्धि आवश्यक पर्ने करीव १, लाख १, हजार १, सय बरावरका सामाग्री वितरण गरीएको हो ।
स्रोतकेन्द्र स्तरीय लक्ष्मण चौधरीलाई प्रशिक्षकको रुपमा अगाडि बढाइ अन्य इच्छुक अपांगता भएका ब्यक्तीहरुकालागि समेत आफुहरुले कामगर्ने गरी अगाडि बढेको परीयोजनाका प्रतिनिधिहरुले बताएका छन् । वितरण गरीयका सामाग्री तथा माउ बाख्राले अपाङ्गता भएका ब्यक्तीको जिबन रुपान्तरणमा टेवापुग्ने अपेक्षा लिएकोछ ।
यस अगाडी केहिदिन पहिले परीयिजनाले वडा नं. ६ का रुपलाल चौधरीलाई कपाल काट्ने पसल संचालनका लागि १ लाखभन्दा बढिका आवश्यक सामाग्री वितरण गरी सकेको छ ।
अपाङ्गता भएका ब्यक्तीहरुको जिबन रुपान्तरण एवम उद्यमशिलतामा जोड्न दंगीशरण गाउँपालिका निकै तदारुकताका साथ अगाडि बढेको गाउँपालिका अध्यक्ष शम्भु गिरीको भनाइ छ । आफु निरन्तर आफ्नो स्थानिय तह भित्रका अपाङ्गता भएका ब्यक्तीलाई आय आर्जन तथा उद्यमशिलतामा जोड्न गाउँपालिकाबाट हुने कार्यक्रम र विभिन्न संघ सस्था तथा परीयोजनाहरुसङ्ग पहल गरीरहेको बताए । अब कुनै पनि ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता सिपमुलक कार्यक्रममा जोडिन चाहे कोहि पनि खालि बस्न नपर्ने बताए ।



लाइभदाङ । २६ चैत्र २०८१, मंगलवार १९:४२ बजे