ज्ञान ज्योतिमा प्रकाश सपुतले नचाए विद्यार्थी

तुलसीपुर, २६ चैत ।
विद्यार्थीलाई विदाई होस् वा स्वागत गर्दा होस्- तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्थित ज्ञान ज्योति सेकेन्डरी स्कुलले कलाकारलाई नै ल्याउने गर्छ । मंगलबार पनि स्कुलले कक्षा १२ का विद्यार्थीहरूलाई छमछमी नचाउँदै विदाई गरे । कक्षा ११ का विद्यार्थीद्वारा आयोजित उक्त कार्यक्रममा गायक प्रकाश सपुतले छमछमी नचाएका हुन् ।

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धे, तुलसीपुर उपमहानगरपालिका वडा नं.६ का अध्यक्ष दुजमान भण्डारीलगायतले पछिल्लो समय विद्यार्थीहरू विदेश पलायन भएकोप्रति चिन्ता ब्यक्त गरेका थिए ।


त्यस अवसरमा विद्यार्थीहरूले विभिन्न प्रतिभा राखेका थिए । कक्षा ११ का बिद्यार्थी विविध सेजुवालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण शिक्षक सन्तोष केसी र सोमराज बस्नेतले गरेका थिए ।