एसईईका लागि रजिस्ट्रेसन फाराम आवेदन खुला

काठमाडौँ, २४ कार्तिक ।
माध्यमिक शिक्षा परीक्षा एसईईका लागि रजिस्ट्रेसन फाराम भर्न आवेदन खुला भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईईको लागि रजिस्ट्रेसन आवेदन खुला गरेको हो । शैक्षिक सत्र २०८१ मा एसईई परीक्षाम समावेश हुनका लागि रजिस्ट्रेसन आवेदन खुला गरिएको हो ।


मङ्सिर मसान्तसम्म आवेदन दिन सकिने कार्यालयले जनाएको छ । मङ्सिर मसान्तसम्म फाराम भर्दा ३०० रुपैयाँ राजश्व बुझाउनुपर्ने छ भने दोब्बर दस्तुरमा ६०० रुपैयाँ तोकिएको छ । दोब्बर दस्तुरका लागि पुस १ देखि १५ गतेसम्मको समय तोकिएको छ ।