एसईईको उत्तीर्णदरमा ७० प्रतिशत पुर्‍याउने सरकारको लक्ष्य

काठमाडौं, २० चैत ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आउँदो असार ७ गतेभित्र माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल सार्वजनिक गर्ने जनाएको छ । यही चैत ७ गतेदेखि शुरू भएको परीक्षा भर्खरै सकिएको हो । यस वर्षको परीक्षामा पाँच लाख १४ हजार ७१ जनाले परीक्षार्थी सहभागी भएका थिए ।


एसईईमा सबैभन्दा धेरै काठमाण्डौमा ३९ हजार ६ सय र सबैभन्दा कम मनाङमा ४३ जना सहभागी थिए । यस वर्ष परीक्षामा न्यूनतम ३५ अङ्कभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेछन् । सरकारले परीक्षाको नतिजामा उत्तीर्णदरमा ७० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ । गएको वर्ष २०८० सालको एसईईमा ४८ प्रतिशतमात्रै विद्यार्थी पास भएका थिए ।