मुलुक इतिहासकै कम्जोर अबस्थामा पुगेको छ : लिङ्देन

दाङ
८ पुस / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको सबै अबैद्य सम्पति जफत गरेमा एमसीसी ल्याउनै नपर्ने बताएका छन् ।

विहीबार तुलसीपुरमा भएको बृहत आमसभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा धेरैले सत्ता र शक्तिको दुरुपयोग गरि अबैद्य रुपमा सम्पति आर्जन गरेको भन्दै त्यो सम्पति जफत गरे एमसीसी जस्ता परियोजना ल्याउनै नपर्ने बताए । ‘२०४६ सालपछिका सबै उच्च नेता , कर्मचारीहरुको सम्पति छानविन हुनुप¥यो र अबैद्य सम्पति जफत हुनुप¥यो’, उनले भने‘भ्रष्ट नेता कर्मचारीको सम्पति छानविन गरेर अबैद्य सम्पति जफत गरियो भने यस्ता एमसीसी ल्याउनै पर्दैन ।’

साथै उनले मुलुक इतिहासकै कम्जोर अबस्थामा पुगेको समेत बताए ।‘देश सामान्य झै लाग्छ । गोलि चलेका छैनन् । मान्छे मारामार छैन । विदेशी हस्तक्षेप छ भने विदेशी सेनाहरु आएका छैनन ।’, उनले भने‘ सबै चिज ठिकठाक जस्तो देख्छि । तर, देश इतिहासकै सबैभन्दा कम्जोर अबस्थामा छ । आफ्नो पन हराएको । विस्तारै विस्तारै स्वाभिमान, पहिचान हराउने स्थितिमा पुग्दैछ ।’

काँग्रेस र कम्युनिष्टहरुले मुलुकमा ३०÷३१ बर्षदेखि प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको नाममा बन्दक बनाईराखेका समेत आरोप लगाए । काँग्रेस कम्युनिष्टले मुलुकलाई जुन स्थानमा पु¥याउने भनेका थिए, त्यहाँ पु¥याउन नसकेको समेत उनको भनाई थियो । उनले भने ‘ काँग्रेस, कम्युनिष्टले मुलुकलाई कहाँ लाने भनेका थिए, तर कहाँ पु¥याए । ’

अहिलेको निर्वाचन प्रणाली पनि निकै खर्चिलो भएको भन्दै यो व्यबस्था परिबर्तन आबश्यक रहेको समेत बताए ।‘संसदको चुनाब लड्नु पर्दा खेरी । हामी जस्ता केही मान्छे झुक्किएर आएका छौं । गरीबको छोरासंग जस्तोसुकै देश बनउने योजना भएपनि निर्वाचन जित्न सक्ने अबस्था छैन’, उनले भने‘ करोडौं खर्च गर्नुपर्ने । किनेर सांसद, मन्त्री बन्नु पर्ने अबस्था छ, त्यस्तो व्यक्तीले देश नलुटेर के गर्छ ?’
उनले यो व्यबस्थालाई परिबर्तन गरेर राष्ट्रप्रमुखको रुपमा राजसंस्था ल्याउनु पर्ने बताए । त्यस्तै जनताले सोझै निर्वाचन गर्ने गरि कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद र सांसद बाहेकका व्यक्ती मन्त्री हुनेगरि व्यबस्था ल्याउनु पर्ने बताए । त्यस्तै ंसंबैधानिक अंगमा योग्यताका आधारमा व्यक्ती नियुक्ती गर्नुपर्ने समेत बताए ।

उनले अहिलेको समानुपातिक प्रणालीमा बिकृति फैलिएको भन्दै सिंगै देशलाई निर्वाचन क्षेत्र मानेर समानुपातिक प्रणालीमा लगेमा यो समस्या पनि अन्त्य हुने उनको भनाई थियो । राप्रपाले यसलाई केही समयपछि आफ्नो कार्यक्रममा समेत ल्याउने उनले बताए ।


साथै उनले स्वीजरल्याण्डको बैंकमा रहेको भनिएको रकम १४ बर्षसम्म पनि ल्याउन नसकेको भन्दै काँग्रेस तथा कम्युनिष्टको आलोचना पनि गरे ।‘ विगतमा राजाको कारणले नै देशले प्रगति गर्न सकेन भनियो । सारा अफ्ट्याराको दोष राजसंस्थाको टाउकोमा थुपारियो । हामीले तिरेको सबै तिरो राजा र राजाको परिवार पाल्नमा ठिक्क हुन्छ । अलिअलि उफ्रेको पैसा पनि स्वीजरलेन्डको बैकमा लगेर रानीको नाममा राखेको छ भनेर आरोप लगाईयो’, उनले भने‘त्यतिबेला त्यो बैंकमा रहेको पैसा मात्रै फर्काएर ल्यायो भने प्रत्येक नेपाली जनताको ४ विघा जग्गा र ५ तोला सुन हुन्छ, भनियो आज राजसंस्थाको अन्त्य भएको १४ बर्ष भयो तर, स्वीजरलेन्डको बेकको पैसा ल्याएको खोइ ?’

अहिले त्यहाँको पैसा फिर्ता ल्याउने भन्दा पनि देशमा गणतन्त्र आएपछि स्वीजरलेन्डको बैंकमा ७० अरव पैसा नेपालीहरुले जम्मा गरेको भन्ने कुरा आएको भन्दै अहिले झनै नयाँ–नयाँ राजा जन्मिएको उनको भनाई थियो । राजा र राष्ट्रपतिमा खर्चको अनुपात बराबर रहेको समेत उनले बताए ।

साथै उनले राष्ट्रपतिको भूमिकामाथि समेत प्रश्न चिन्ह उठाए ।‘विद्या भण्डारीलाई नेकपा एउटा भएको बेला कम्युनिष्टको राष्ट्रपति भन्ने थियो । कम्युनिष्टहरुकाबीचमा विवाद हुँदा एमाले र त्यसमा पनि केपी वलीको भनियो’,उनले भने‘राष्ट्रपति निष्पक्ष हुन सकेको अबस्था छैन ।’

उनले राजसंस्था र हिन्दू राष्ट्र नेपालको एकता बनाउने आधार भएको समेत बताए । उनले राप्रपालाई जनतामाझ लोकतन्त्र विरोधी, जनताको सर्वोच्चताको विरोधी भनेर भन्ने गरेको भन्दै त्यो गलत रहेको बतए । ‘हामी लोकतन्त्रमा पूर्ण प्रतिबद्ध छौ, जनताको सर्वोच्चतामा पूर्ण प्रतिबद्ध भएर लागेका छौं’, उनले भने‘तर, लोकतन्त्रका नाममा काँग्रेस, कम्युनिटले लुटतन्त्र मच्चाएका छन, यसलाई हामी ध्वस्त पार्न चहान्छौं ।’

सिक्किमबाट राजतन्त्र फालेपछि त्यो देश पनि सकिएको भन्दै नेपाललाई त्यसबाट बचाउन राजतन्त्र ल्याउनु पर्ने उनको तर्क थियो । साथै उनले युवा पुस्तालाई राजनीतिमा आउन पनि आग्रह गरे । उनले अहिलेको भ्रष्टाचारको विरुद्धमा आवाज उठाउन युवाहरु सक्रिय भएर लाग्नुपर्ने आबश्यकता रहेको समेत बताए ।‘ देश विग्रियो भने शेरबहादुरको केही विग्रिदै, केपी, प्रचण्ड, माधवको केह िविग्रिदैन, विग्रिने त युवाहरुको भविष्य हो’,उनले भने‘ त्यसकारण राजनीतिबाट भागिरहेका युवा पुस्तालाई राजनीतिमा हस्तक्षेपकारी ढंगले आउनुास्, हामी जस्ता मानिशहरु पनि राजनीतिमा छौं । जसले भ्रष्टचार गरेर खानुलाई आमाको रगत खानु जस्तै मानिरहेको छ ।’