लमही नगरपालिका -८ मा नि:शुल्क कम्प्युटर कक्षा सञ्चालन

प्रिया स्मृती गजमेर/ लमही, २ जेठ ।

लमही नगरपालिका -८ को सतबरियामा दुई महिने कम्प्युटर कक्षा संचालन भएको छ । उक्त तालिममा वडा नम्बर ८ का विभिन्न टोलका १ सय ५० जना विद्यार्थीहरुको सहभागिता रहेको छ । कम्प्युटर कक्षा दैनिक बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म कक्षा संचालन हुने गर्दछ ।

वडा नम्बर ८ को आर्थिक सहयोगमा दुई महिने निशुल्क तालिम दिइएको वडा नम्बर ८ का वडा अध्यक्ष उमेश कुमार खड्काले बताउनु भयो । वडा नम्बर ८ ले विभिन्न सीपमूलक तालिम प्रदान गर्दै आएको छ । सीप सिकेका प्रायः मानिसहरुले पेसा अंगालेर बसेका छन ।

वडा अध्यक्ष खड्काका अनुसार यो कार्यक्रम माध्यामिक शिक्षा परिक्षा (एसइई), कक्षा १२ को परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई मध्यनजर गर्दै तालिमको आयोजना गरिएको हो ।


विद्यालयको शिक्षासंग संगै बाहिर कुराको पनि ज्ञान हुन्छ, सूचना र प्रविधिको समय आयो, समयमै विद्यार्थीले सीप सिकेर केही गर्न सकोस भन्ने हाम्रो मनसाय हो”- वडा अध्यक्ष खड्काले भन्नू भयो ।

फुर्सदिला भएर बसेका विद्यार्थीहरु नि:शुल्क कम्प्युटर तालिम सिक्न पाउँदा हर्षित भएका छन । दिनभरी फेसबुक चलाएर समय जान्थ्यो तर वडा कार्यालयले नि:शुल्क कम्प्युटर तालिमको कक्षा लिन पाउनु नै अवसर हो”- वडा नम्बर ८ बिजुलीपुरका सन्तोष चौधरीले भन्नू भयो ।

त्यस्तै भौकाकी अस्मिता चौधरीले आधारभूत कम्प्युटर तालिमले पनि जीवनमा ठूलो महत्त्व राख्दछ, पढाइसंगै कम्प्युटरको ज्ञानले नयाँ कुरा सिक्ने मौका प्रदान गर्नेछ”- अस्मिताले भन्नू भयो ।

नि:शुल्क कम्प्युटर तालिमको द मास कम्युनिकेशन कम्प्युटर इनिष्टिच्युटले लिएको छ ।