काठमाडौं
७ पुस / नेपालमा थप एक जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिन सिक्वेन्सिङ गर्दा ९८ वर्षका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राका अनुसार ती वृद्ध होम आइसोलेसनमा छन् । उनको कन्ट्रयाक्ट ट्रेसिङ गरिएको उनले बताइन् ।
नेपालमा एक महिनाअघि दुई जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको थियो ।
लाइभदाङ । ७ पुष २०७८, बुधबार १७:१० बजे