दाङ काँग्रेस : डिल्ली चौधरीसहित पाँचजना निर्विरोध

तुलसीपुर
७ मङ्सिर / देउवाका प्रिय पात्र मानिने दाङका डिल्ली चौधरी काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्विरोध भएका छन् । लुम्बिनी प्रदेशका शहरी तथा ग्रामिण विकास मन्त्री समेत रहेका चौधरी निर्विरोध निर्वाचित भएका हुन् ।

उनीसहित देउवा समूहकै मानिने केउलापति चौधरी(कल्पना)पनि निर्विरोध निर्वाचित भएकी छिन् । ति बाहेक अन्य तीनजना दाङ क्षेत्र नं. ३ को सदस्यमा निर्वाचित भएका छन् ।


अन्य निर्वाचित तीनै जना पौडल समूहका हुन् । जसमा महिला सदस्यमा मिना कुमारी केसी, प्रतिज्ञा खड्का र कोकर चौधरी रहेका छन् ।

दाङमा देउवा र पौडेल समूहबीच नै प्रतिष्पर्धा रहेको छ । स्थानीय तहमा बराबर जित हात पारेपनि प्रदेश सभा क्षेत्रीय निर्वाचनमा भने पौडेल समूह हावी भएको थियो । संघीय निर्वाचन क्षेत्रको निर्वाचन भने मंगलबार हुँदैछ ।