अपाङ्गता भएका बालबालिकाहरुलाई छात्रवृत्ति आएन्न

सुशील बस्नेत,
दाङ ,२७ माघ  ।
अपाङ्गता भएका बालबालिकाहरुलाई शिक्षामा पहुँच विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । माबी कालाखोलामा १४ जना अपाङ्गता भएका बालबालिका अध्ययनरत रहेका छ्न ।

भदौ देखि लागू भएको मासिक ४ हजार नेपाल सराकरले पठाउने छात्रवृत्ति अझै आउन सकेको छैन । यसैबिच माबि कालाखोलाको आयोजनामा सोही बिषयलाई लिएर अन्तरक्रिया कार्यक्रम शुक्रबार तुलसीपुरमा सम्पन्न भएको हो ।

मा बि कालाखोला ब्यबस्थापन समितिका अध्यक्ष भरत चौधरीको अध्यक्षता एवम् तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा सहभागीहरुले अपाङ्ग मैत्री नीति र योजनाको माग गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख खडकाले अपाङ्ग मैत्री बनाउने प्रतिबद्धता जनाउनु भयो । जिल्ला समन्वय समितिको आयोजनामा हुने नियमित घुम्ती बैठक मार्फत अपाङ्गता भएका ब्यक्तिहरुका लागि साझा नीति तथा कार्यक्रम गराईने बताउनु भयो ।


बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्रीले आगामी बर्ष नीति तथा कार्यक्रम बनाउने बताउनु भयो ।
अधिकार कर्मी सुशील बस्नेतले अपाङ्गता भएका ब्यक्तिको शिक्षामा पहुँच बनाउन सम्बदेनशील बन्न आग्रह गर्नु भयो ।

सो अवसरमा तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका शाखा प्रमुख माया श्रेष्ठ, तुलसीपुरका शिक्षा महाशाखाका प्रा.स. मदन्कुमार देवकोटा, माबी कालखोलाका सदस्य जगत थापा, अपाङ्गताको अधिकारका अभियान्ताद्वय जिबि चिन्तन र चिन्तामणी पौडेल लगायतले अपाङ्गता भएका बालबालिकाको छात्रवृत्ति र ती बालबालिकाका सहयोगीलाई समेत सुबिधा उपलब्ध गराउन ध्यानाकर्षण गराउनु भयो ।

कार्यक्रममा स्वागत मन्तव्य छाया संस्थाका यज्ञ बिकले, बिषय प्रबेश माबी कालखोलाका प्र अ राजिव ओझा र सहजीकरण उक्त बिधालयका शिक्षिका लक्ष्मी न्यौपानेले गर्नुभएको थियो ।