बिस्तारामा थलीएका खत्रीलाई २० हजार बढी आर्थिक सहयोग

रामप्रसाद सुवेदी
हापुरे, २७ जेठ ।

पश्चिम दाङको बबई गाउँपालिका ५ जौबारीका कलम सिंह खत्रीलाई आर्थिक सहयोग गरिएको छ। बिगत १० महिना देखि बिस्तारामा थला परेका खत्रीलाई सञ्चारकर्मी रामप्रसाद सुवेदीको सक्रियतामा संकलित २० हजार ५ सय ५५ रुपैयाँ उहाँकि श्रीमती दण्डी खत्रीलाई हस्तान्तरण गरिएको हो ।

यस अघि संचारकर्मी सुवेदी सहित सामाजिक अभियान्ताहरु झुपलाल बुढा क्षेत्री, देवबहादुर वली र भिमिसरा खड्का सहितको टोली खत्रीको घरमै पुगेर भिडियो निर्माण गरि युट्युब च्यानल मुक्तक माधुरीमा अप्लोड गरि सहयोगको लागि अपिल गरिएको थियो उक्त भिडियो हेरेर देश बिदेशबाट संकलित रकम बिरामीको श्रीमतीलाई हस्तान्तरण गरिएको हो ।


खत्रिको भिडियो हेरेर शान्तिनगर-७ धनौराबाट सुवास बुढाथोकीले दुई हजार पाँच सय पाँच,बबई गाउँपालिका-२ बगाले हाल मलेसियाबाट बिजय केसीले पाँच हजार ४ सय पच्चिस,बबई गाउँपालिका-५ हापुरेका देव बहादुर वलीले एक हजार पाँच सय तिन, बबई गाउँपालिका-२ बगाले हाल मलेसिया निवासी एक युवाले नाम नखुलाउने सर्तमा तीन हजार बहत्तर ,दंगीशरण-१ श्रीगाउ लेटारका सागर रोकाले एक हजार पचास, बबई गाउँपालिका-७ कालितराका सुन्दर ओलिले एक हजार रुपैयाँ र बबई गाउँपालिका-४ हस्तनापुर हाल दुबईबाट आफ्नो जन्मदिनको अवसरमा प्रज्ञा बिश्वकर्माले छ हजार रुपैयाँ सहयोग गर्नुभएको थियो ।

२०७८ भदौं १० गते राती काम सकेर घर फर्किन लाग्दा एक्कासी बेहोस् हुनुभएका खत्रीको अहिले हातखुट्टा र शरीर केही चल्दैन।अझै बिरामी खत्रिका लागि सहयोग गर्न चाहानेहरुले उहाँकि श्रीमती दण्डी खत्रीको मोबाईल नम्बर ९८४११२६५८६ मा सम्पर्क गर्न सकिने छ।