
दीपेन्द्र विश्वकर्मा
यो जीवन आमा बुबाको देन हो । त्यसैले पनि आमाबुबा हुँदासम्मको कुनै क्षण अपुरो हुँदैन जहाँ एउटा सितल छहारी खोज्दै जाने बाटोको जरूरत,या आवश्यक पर्दैन,मेरो जन्म पनि स्वयंम त्यही अनुरुप बित्यो । आमाबुबाको काख, दाजुभाई, दिदी बहिनीसँगै ताते र बामे सर्दै हुर्कदै बाल्यकाल बित्यो आमाबुबाको हेरविचार सेवाहरुले कुनै रोग नजिक देखिएन जहाँ औषधि आमाबुबाको दूधको धाराले पर रहन दिएन,घरको छानो सबै भाइबहिनीको एउटै सिरानीमा प्रियतमाको जिन्दगी बित्यो आज हेर्दा शताब्दी छुटे जस्तो हुँदैछ।
घरको कमजोर अवस्थाले दाजु हुर्कदै जानुभयो । भाइको आँखामा आफ्नो जीवन देख्न परदेशी हुने दिन पनि छिट्टै आएको थियो,बुबाआमा घरको छानो र हामी भाइबहिनीको हेरविचार गर्ने पर्खाइ गर्नुहुन्थ्यो । सबै भाइबहिनी स्कुले जीवन तय हुँदै गयो,तर टालेको लुगा च्यातिएको किताबको जिन्दगी गुजार्दै विद्यालयको पाठशाला नजिक पुग्न थाल्यौ यस्तै गर्दै जीवन चल्न लाग्यो। नभन्दै गाउँकै विद्यालयमा माध्यमिक तहको अध्यापन समाप्त भएको पत्तो भएन ।
जब माध्यमिक पढाइ पछि घरबाट टाढा रहेर चलेको जीवन आज पनि दुरुस्तै सम्झना छ । जुन जीवन यसरी चलेको थियो, नेपालगन्ज, काठमाण्डौ, सुर्खेत, जहाँ आयोगको तयारी हुन्थे मैले प्रयास गरिरहे घरको चरम परिस्थिति आमाबुबाको सपनालाई थाथि राखेर सहरिया बन्न त्यति सहज थिएन कहिले भोको पेटमा कयौ रातहरू गुजारेको सम्झना ताजै छ,रूम भाँडा तिर्ने पैसा हुँदैन थियो घरबेटीले भाडा नदिए रूम खाली गर्ने धम्की दिन्थ्यो तर पनि आफ्नो भन्दा परिवारको जिम्मेवारीले कहिले रुवाउन समेत रुवायो सम्झन्थे घरपरिवार अनि दाजुभाई र मेरो अग्रणी गुरुहरू र म प्रति आस्थावान आमाबुबाको सपना पुरा गर्नु आफ्नो कर्तव्य ठानेर जिन्दगी गुजारेर बढे, त्यसपछि कोरोना जस्तो महामारी फैलन थाल्यो । त्यसबेला हल्का आफ्नो जीवनको सुरुवातको नजिक पुगेको थिए। कोरोना सङ्क्रमण फाट्टफुट्ट समचार आइरहन्थ्यो, म पनि सुन्थे र कहिले काहीँ डराउथे पनि । तर नेपालमा पनि कोरोनाको सङ्क्रण पुष्टि हुन लागेका समचार आउन थालेपछी म घर फर्किए ।
घर आएको त्यस्तै एक हप्ता पछि त देशमा बन्दाबन्दी नै भैसक्यो, आवतजावत पुर्ण रुपमा बन्द भयो, विश्व आक्रान्त भयो । म घरमै उहीँ बाल्यकालका काममा लागे । अलि बढी नै समय गाउँमा बस्ने भए पछि मैले अलि अलि औषधि राखेर गाउँमा हुने सामान्य बिरामिहरुको प्राथमिक उपचार गर्ने र उहाहरुले दिएको खर्चले नै करिब ९ महिना जति जिबिका चलाइयो ।
तर म निजि व्यवसायमा लाग्नु मेरो उदेश्य भने कहिल्यै पनि थिएन । मलाई कोरोना ९ महिना मेडिकल व्यवसायी समेत बनायो, म भने अस्थायी सेवामा भए पनि सरकारी सेवामै छिर्न चाहान्थे तर नेपालमा सासन व्यवस्था परिवर्तन भएपछी करिब ५ वर्षजती लोकसेवा खुलेन पनि । हुन त म काठमाडांै एच.ए. को लोकसेवा तयारी गर्न नै हिनेको थिए । लोकसेवा नै नखुलेपछी म यताउती जागिरको लागि भौतारिनु परेको थियो । मैले करिब ९ महिना गाउँमा बसिसकेपछी एक दिन फेसबुकमा अछाम तुर्माखाद गाउँपालिकामा हे.अ.को आवेदन खुलेको देखे र मैले आवेदन दिए ।
आवेदन दिएर पनि तुरुन्तै परीक्षा भएन,म गाउँमै थिए । करिब दुई/तीन महिनापछी मलाई एक्कासी पालिका स्वास्थ्य शाखाबाट फोन आयो । यो मितिमा परीक्षा हुँदैछ,परीक्षा दिन इच्छुक हुनु हुन्छ भने आउनु होला भन्ने फोन आयो । म गए ,लिखित मौखिक दिए सफल पनि भए । अलि आट बढ्यो,म अस्थायी भए पनि सरकारी सेवामा छिरे । मलाई तुर्माखाद गाउँपालिका धमाली स्वास्थ्य चौकिमा हे.अ.पदमा पदस्थापना ग¥यो । तीन वर्ष जति काम गरे, काम गर्दै गर्दा कोरोनाले विश्व आकरान्त भैरहेको थियो, म पनि डराउथे ।
त्यतिबेला लकडाउन थियो,घर आउँदा जादा कयौं दिन कर्णालीको किनारामा यात्रा गर्दै धमाली देखि पुल्लेतोलासम्म करिब ७/८ घण्टाको पैदलयात्रा गरि घर गैन्थ्यो,घरबाट कार्यक्षेत्र गैन्थ्यो । कर्णाली छालको गर्मीको कारण कयौं दिन रुखका छहारिमा आराम गर्दै गर्दा त्यही सुतेको पनि छु ।२०८०/१०/१ गते सुदुरपस्चिम प्रदेशबाट लोकसेवामा सिफारिस भै म कार्यरत दरबन्दिमा उम्मेदवार पदस्थापना भए पश्चात् म फेरि उहीँ बेरोजगारी मै परिणत भए ।



मैले कार्यरत हुँदा लोकसेवाको परीक्षा नदिएको भने हैन तर कहिले घर जानू पर्ने पनि बाध्यता,कहिले बिदामा घरको काममा सघाउनु पर्ने पनि बाध्यता भएकोले पढाइलाई निरन्तरता दिन सकेको थिएन।
परीक्षा त ४/५ वटै दिए तर सफल भएन । अब जागिर गए पछि २०८१/१२/२ गते म नेपालगन्ज हिडे, २०८० कै फागुन १ गते गण्डकी प्रदेश लोकसेवा आयोगमा आवेदन दिएकोले पोखरामा एच.ए.को प्रथम चरणको परीक्षा थियो । पाठ्यक्रम परिवर्तन भएकोले म नेपालगन्जमै बसेर प्रथम चरणको परीक्षा तयारी गर्ने निर्णय गरे र लगत्तै फागुन १ गते परीक्षा पनि भयो । करिब २५/२६ दिनको गहन अध्यायनले प्रथम चरणको परिक्षामा केही आशा पलायो । म फेरि परीक्षा दिएर नेपालगन्ज नै फर्किए । नेपालगन्ज हुँदा दाजुले काठमाडौं गएर तयारी गर भनेपछी म फागुन १४ गते काठमाडौं गए । काठमाडौं मा ३/४ दिन जति समय लगाएर बबरमहलस्थित एउटा सानो कोठा भाडामा लिएर दुई भाइ सङ्गै बस्यौं । फागुन १८ गते देखि बागबजारस्थित नेम ईन्स्टिच्युटमा लोकसेवा कक्षा सुरु गरेआधा फागुन र पूरा चैत्र महिना कलास लिए , चैत्रको मसान्त तिर प्रथम पत्रको नतिजामा सफल पनि भए अलि मुटु दरो भयो ।
त्यसपछी करिब १८ दिनपछी दोस्रो चरणको लिखित परीक्षा थियो, १५ दिन सम्म लगभग १५/१६ घण्टा दैनिक अध्यायन गरे, अनि पोखरा परीक्षा दिन आए । लिखित परिक्षामा सोचेको भन्दा राम्रो गरेको अनुभव भयो ।त्यसपछि लगभग १८ दिनसम्मका अनिउदा रातहरु गाडिमै सुतेर काठमाडौं पुगियो । काठमाडौं कलङ्की पुगेपछी मात्रै थाहा पाए म काठमाडौं पुगिसकेको रहेछु भनेर । फेरि अन्य प्रदेशको लोकसेवाको लागि पनि कलास निरन्तर लिइरहे । कोठामा पनि पढाइलाई नियमितता दिए । भारतको पुनामा दाजुले काम गर्दै मलाई आर्थिक तथा हौशालाहरु दिइरहनु भयो ।
घरमा आम्दानीको स्रोत केही पनि थिएन । दुधे बालक बोकेर सानो परिश्रममा काम गर्ने मेरो श्रीमती र भारतमा चौकिदार गरि मलाई सरकारको स्थायी सेवामा देख्न चाहने मेरा दाजु र मेरो श्रीमती अनि आफू अशिक्षित भएर पनि मलाई शिक्षित भएको सपना देख्नु हुने मेरा पुजनिय आमाबुबालाई नमन छ । मलाई आइपर्ने घरको सानोतिनो काम म गर्छु भन्दै जिम्मा लिएर अगाडि आउने मेरो भाइलाई माया छ ।
भाइको अझै प्रगतिको कामना गर्द छु ,प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशबाट सफल भएर हाल म स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशमा सिफारिस भई, धौलागिरी अस्पताल बाग्लुङ नेपाल स्वास्थ्य सेवाको पाचौं तहमा स्थायी सेवामा कार्यरत छु । २०८१/०६/०१ गते देखि स्थायी सेवामा कार्यरत रहँदै आएको छु । आज मेरो परिवार, मेरो गुरुहरू, मेरा प्यारा साथीभाईहरु मेरो सम्झनाको नजिकै रहर अनि आधार गाँसेर बसेको छन् जसले गर्दा आफ्नो खुसीको क्षण या अपुरो जीवन पूरा भएको छ । साभारः अग्रिम साप्ताहिक
लाइभदाङ । १४ चैत्र २०८१, बिहीबार ०८:३३ बजे