तुलसीपुरमा एक युवकमाथि रड प्रहार

तुलसीपुर, ६ चैत ।
दाङको तुलसीपुरमा एक युवकमाथि रड प्रहार भएको छ। तुलसीपुर बजारको मदन आश्रित चोकमा दाङको शान्तिनगर गाउँपालिका वडा नं ४ का निवासी १९ बर्षीय विप्लब योगीमाथि प्रहार भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । बुधबार दिउँसो २ बजेतिर उभिरहेको अवस्थामा अचानक उनिमाथि टाउकोमा रड प्रहार भएको हो ।


उनलाई तुलसीपुरको समिता मेडिकलमा उपचारपछि डिस्चार्ज गरिएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । घटना बारे अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका व्यक्तिको परिचय खुलाइएको छैन् ।