सामाजिक सञ्जालमा कार्यपालिका सदस्य हलिम माथि लगाइएको आरोपबारे स्पष्टिकरण

प्युठान, ३ चैत ।
सरुमारानी गाउँपालिकाको कार्यपालिका सदस्य तथा हङ्स्पुर–३ निवासी मोहम्मद हलिमले आफूविरुद्ध सामाजिक सञ्जालमा गरिएको चरित्र हत्या पूर्ण रूपमा आधारहीन रहेको बताएका छन् ।

पत्रकार सम्मेलनमार्फत हलिमले आफूले कुनै पनि राजनीतिक वा व्यक्तिगत कारणले कसैलाई धम्की नदिएको स्पष्ट गरे । बरु नियोजित रूपमा आफ्नो नाम र फोटो फेक आइडीमार्फत दुरुपयोग गरी चरित्र हत्या गर्ने प्रयास भएको उनले बताए ।


त्यस्तै उनका अनुसार, यस किसिमको गलत प्रचारले उनको व्यक्तिगत प्रतिष्ठा र नैतिक छविमा गम्भीर असर परेको छ । उनले घटनाको निस्पक्ष तथा पारदर्शी अनुसन्धानको माग गर्दै दोषी पहिचान गरी कानुनी कारबाही गर्न आग्रह गरेका छन् । साथै, झुटा अफवाह फैलाउने जिम्मेवार व्यक्तिलाई कानुनी दायरामा ल्याई सत्यतथ्य बाहिर ल्याउनुपर्ने उनले जोड दिए ।