बीर अस्पतालका सुगर, थाइराइड तथा हर्मोन रोग बिशेषज्ञ तुलसीपुर आउँदै

तुलसीपुर, १ असोज । बिर अस्पतालमा लामो समयदेखि सुगर, थाइराइड तथा हर्मोन रोग बिशेषज्ञ डा. प्रजय शिखर श्रेष्ठ तुलसीपुर आउने भएका छन् । प्रत्येक महिनाको पहिलो शनिबार दाङको तुलसीपुर स्थित मेट्रो सिटी पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरमा आउने भएका हुन् ।

राप्ती प्रादेशिक अस्पताल अगाडी रहेको उक्त पोलिक्लिनिकमा आउने डा. श्रेष्ठले सुगरको समस्या, महिनावारी गडबडी, निःसन्तानपन, दुब्दोपन तथा मोटोपनको समस्या, क्याल्सियम तथा भिटामिन-डि को कमी, हर्मोनको समस्या, थाइराइडको समस्या तथा रोग प्रतिरोध शक्तिमा कमी आउनेजस्ता कुराको चेकजाँच गर्नेछन् ।


पोलिक्लिनिकमा छाला,यौन तथा सौन्दर्य रोग सम्बन्धि बिशेषज्ञ सेवा, नाक,कान, घाँटी समबन्धि सेवा, स्त्री तथा प्रसुती रोग सम्बन्धि बिशेषज्ञ सेवा, जनरल मेडिसिन सम्बन्धि बिशेषज्ञ सेवा, जनरल सर्जरी सम्बन्धि बिशेषज्ञ सेवा प्रदान गर्ने गरिएको छ ।